
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यादेशको कन्टेन्टको आधारमा बिरोध र समर्थन गर्नुपर्ने बताए ।
उनले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गर्ने बताए ।
उनले भने,‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले बिरोध गरेका थियौँ, अहिले बोलेन भन्नेकुरा पनि छ । विगतमा नेपाली काँग्रेसले अध्यादेशको बिरोध गरेको उदाहरण पनि छ । नेपाली काँग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ । अध्यादेश हो त्यसको बिरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन । कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गरिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु ।’
महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानूनी प्रवन्ध जरुरी रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी विधेयक ल्याउन गलत भएको बताए ।
000000
मकालु खबर २०८१ माघ १८ गते
5
Shares
facebook sharing buttontwitter sharing buttonsharethis sharing button
प्रतिक्रिया
Comment *
Name *
Email *
Website
