Sunday, April 19

साउदी अरबमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु

साउदी अरबको पश्चिमी क्षेत्र जिजान भएको सडक दुर्घटनामा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा परी १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली, ९ जना भारतीय र ३ जना घानाका नागरिक छन् । एक जना नेपाली घाइते भएका छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । उनीहरुको नेपालको ठेगाना खुलाइएको छैन ।

जिजानबाट २६ जना कामदारलाई कार्यस्थलतर्फ लिएर जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *