
सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी वार्ता टोलीमा संघीय मामिला, संस्कृति, पर्यटन, नागरिक उड्डयन, र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहने जनाएको छ।
आन्दोलनरत पक्षलाई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न अपिल गरिएको छ।
गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिहरूसँग संवाद गरेर समाधान खोज्न पहल गरेका छन्। सरकारी नियमावली अनुसार केवलकार निर्माणसम्बन्धी विषय संघीय मामिला मन्त्रालयसँग सम्बद्ध भएकाले समन्वय र सहजीकरण गरिएको छ।
