Thursday, April 23

विष्णुमति सरसफाई अभियान ३६ औँ हप्तामा

टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान ३६ औँ हप्ता सम्पन्न भएको छ  ।

कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ ।

नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडाअध्यक्ष रमेश डंगोल, वडासदस्य अनुप राई र महेश थपलियासहित, नगर प्रहरि, सशस्त्र प्रहरि, सामाजिक अभियान्ता, सरसफाईकर्मीहरु र लायन्स क्लवको सहभागिता रहेको थियो ।

आजको कार्यक्रममा करिव १०० जनाको सहभागिता रहेको थियो । सफाईकर्मीहरुले खोला र करिडोर क्षेत्रमा सफाई गरेका थिए । आगामी हप्ताको कार्यक्रममा सफाईसँगै करिडोर सडक खुलाउने कार्यमा नगरपालिका लागेको छ । अभियान्ताहरुले करिव १ किलोमटिर खोला सफाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *