Tuesday, May 26

विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या

महोत्तरीमा विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या भएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका-८ की खुश्वु यादव आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

माइती पक्षले खुश्वुको हत्या उनका पति अभिषेक यादवले गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालका अनुसार, फरार रहेका मृतक युवतीका पति अभिषेकको खोजी कार्य भइरहेको छ । हत्यामा परिवारका अन्य सदस्यको संलग्नताको आशंका रहेको उनको भनाई छ ।

खुश्वुको शव गौशाला वडा नम्बर-५ स्थित भिसघारी क्षेत्रमा फेला परेको थियो । प्रहरीका अनुसार, धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको देखिन्छ । ‘घरभन्दा केही टाढाको घारीमा उनको शव भेटिएको थियो,’ डीएसपी जैसवालले भने, ‘स्थानीयका अनुसार विवाहपछिका दिनहरूमा पतिपत्नीबीच झगडा हुने गरेको थियो, जसमा दाइजोको विषय पनि प्रमुख कारण हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *