Monday, May 25

टोखामा नगर प्रमुखबाट किशोरीहरुलाई क्युआर कोड वितरण गर्दै एचपीभी खोप अभियान सुरु

टोखामा नगर प्रमुखबाट किशोरीहरुलाई क्युआर कोड वितरण गर्दै एचपीभी खोप अभियान सुरु भएको छ।

आज टोखा ७ को तिलिङ्गाटार मा.वि.मा आयोजित एक औपचारिक कार्यक्रममा नगर प्रमुखले किशोरीहरुलाई क्युआर कोड वितरण गरेर  पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप अभियानको उद्घाटन गरेका छन् । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको छ ।

नेपालमै पहिलोपटक टोखा नगरपालिकाले कोरोना महामारीमा पनि कोभिड–१९ भ्याक्सीन लगाउनेहरुलाई क्युआर कोड वितरण गरि एप्स बनाएर अनलाइनमा डाटा रेकर्ड राख्ने काम गरेको थियो । त्यस्तै अहिले एचपिभि खोपको पनि एप्समा डाटा राख्नका लागि विद्यालयले उपलब्ध गराएको डाटाअनुसार नगर स्वास्थ्य शाखाले क्युआर कोड बनाई किशोरीहरुलाई वितरण गरेको थियो । खोप लगाउने समयमा किशोरीहरुको क्युआर कोडलाई स्वास्थ्यकर्मीले स्क्यान गरी एप्समा डाटा रुजु गरेर खोप लगाउने किशोरीको नाम र स्थान, समय रुजु गरेपछि खोप लगाई कार्ड वितरण गरेका छन् ।

विश्व क्यानसर दिवसको दिन आज माघ २२ गतेबाट पाठेघरको मुखको क्यानसर विरूद्धको एचपिभि खोप अभियान नेपाल सरकारले देशैभरी सुरु गरेको हो । सोही कार्यक्रमलाई टोखा नगरपालिकाले पनि कार्यान्वयन गर्दै सबै वडामा सुरु भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *