
एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमी बसुन्धराले आफ्नो १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सफलतापूर्वक सम्पन्न गरेको छ।बिशिस्ट अतिथिहरु तथा अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम माघ २६ गते शनिबार विद्यालय प्राङ्गणमा बिहान १०:३० बजे देखि सुरु भएको थियो।
२० औ बर्ष मा प्रवेश गरेको एकेडेमीको समारोहमा का.म.न.पा. ३ का वडा अध्यक्ष प्रेम थापा , काठमाडौं महानगरपालिका शिक्षा विभाग का विभागीय प्रमुख गोविन्द प्रसाद शर्मा र कार्डियाक सेन्टर काठमाडौं का संस्थापक एबं मुटुरोग बिशेषज्ञ डा. ओममूर्ति अनिल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्नु हुदै वडा अध्यक्ष प्रेम थापा नैतिक तथा ब्यबहारिक शिक्षा आजको आवस्यकता रहेको कुरा बताउनु भयो । समाहरोहमा उपस्थित का.म.न.पा. शिक्षा विभाग प्रमुख गोविन्द प्रसाद शर्माले उपयुक्त तरिकाले बिद्यार्थीहरुले शिक्षा हासिल गर्न शिक्षकले दिनु भएको मार्गदर्शन अनुसार बिद्यार्थीहरु अगाडी बढ्नु पर्ने बताऊनु भयो । यसै गरि डा. ओममूर्ति अनिलले बालबालिकाका लागि नियमित शिक्षा मात्रले नपुग्ने भएकाले नैतिक र ब्यबहारिक शिक्षा पनि महत्वपूर्ण रहने कुरा ब्यक्त गर्नु भयो ।
एकेडेमीको समाहरोहका क्रममा विद्यार्थीहरूलाइ पदक तथा पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट शैक्षिक प्रदर्शन, खेलकुद, कला र संगीतमा उत्कृस्टता हासिल गर्ने विभिन्न कक्षाका विद्यार्थीहरूलाइ सम्मानित गरिएको थियो ।

प्रधानाध्यापक टिकाराम शर्माले अभिभावकहरूलाइ सम्बोधन गर्दै विद्यालयको सफलतामा अभिभावकहरुको महत्वपूर्ण योगदान रहेको कुरा उल्लेख गर्नुभयो। उहाँले विद्यालयको आगामी योजनाहरु, विशेष गरी विद्यार्थीहरूको सर्वांगीण विकासको लागि शिक्षा प्रणालीमा गर्न लागिएका थप सुधारहरुको बारेमा समेत जानकारी दिनुभयो। प्रधानाध्यापक शर्माले विशिष्ट अतिथि तथा अभिभावकहरुलाई कार्यक्रमलाई गौरवमय बनाउनका लागि साथ् सहयोग प्राप्त भएकोमा धन्यवाद समेत दिनुभयो।
विद्यार्थीहरूको बिबिध प्रस्तुति तथा क्रियाकलापहरुले समारोह कार्यक्रम थप उत्कृस्ट बनेको थियो। कार्यक्रममा सबै शिक्षक, कर्मचारी, बिद्यार्थी तथा अभिभावकहरुको पनि उल्लेखनीय उपस्थिती रहेको थियो।

२०६२ सालमा स्थापना भएको एकेडेमीमा हाल ३३० बिद्यार्थी र २७ शिक्षक शिक्षिका रहेका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै यो एकेडेमी महानगरपालिका भित्रको एक उत्कृस्ट शैक्षिक स्थलको रुपमा परिचित रहेको छ।
