Tuesday, April 21

टोखा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ

टोखा नगरपालिकाद्वारा आयोजित चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन भएको छ । माघ २९ गतेदेखि फाल्गुन ३ गते सम्म संचालन हुने प्रतियोगिताको आज तिलिङटार माध्यामिक विद्यालय,धापासीमा  उद्घाटन भएको हो ।

नगर प्रमुख प्रकाश अधिकारीको सभापतित्व र मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संयुक्त रुपमा ब्यानर सहितको बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नगरपालिका बाट नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी., नगर प्रवक्ता बच्चुराज बस्याल, नगर खेलकुद समिति संयोजक नरोत्तम राना, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, तिलिङटार मा वि का प्रधानाध्यापक सरोज पाण्डे, नगरपालिकाका कर्मचारीहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा स्थानीय जनसमुदायहरुको उपस्थिति रहेको थियो।

उद्घाटन समाहरोहमा बोल्दै नगर प्रमुख अधिकारीले खेलाडी रास्ट्रको शान र प्रतिक भएकाले अन्तरास्ट्रिय स्तरमा जानका लागि अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो। साथै खेलकुदले मानिसको शारीरिक तथा मानसिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो।

यसै गरि स्वास्थ्य मन्त्री पौडेलले खेलमा हार हुदा निरास नभई उत्साही हुनु पर्ने र युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरू सदैब आवश्यक रहने बताउनु भयो।

यसै गरि प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि सीले खेलले मानिसलाइ अनुशासित बनाउने साथै रास्ट्रमा उत्कृस्ट खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिता सदैब आवस्यक रहने समेत बताउनु भयो ।

टोखा नगरपालिका द्वारा हरेक वर्ष आयोजना हुने यो प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन् । यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र मार्शल आर्ट गरि चार विधाका खेलहरु हुनेछन । भलिबल खेलको लागि राष्ट्रिय रेफ्री शान्ति गुरुङ ले कार्य गर्नु हुनेछ ।

नगर क्षेत्रभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने यो प्रतियोगिता ५ दिन गतेसम्म चल्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *