Tuesday, May 26

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरू गठन गरेको छ ।

सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमितिका परिषद् सदस्य राजकुमार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए । फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाइको व्यवस्था समेत गरेको उनको भनाइ छ ।

उनले भने ‘२०८१ साल फागुन १४ गते बुधवार २६ फेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान् पर्व शिवरात्रि पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरूको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले देहाय अनुसारको उपसमिति गठन गरी कार्य विभाजन गरी विभिन्न तयारी गरेको बारेमा यहाँको विज्ञ जनमा जानकारी गराउन चाहन्छु । वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था २०८१ फागुन १२ गते बिहानदेखि १६ गतेसम्म पशुपति क्षेत्र विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *