
टोखा नगरपालिकाले सामुदायिक बिद्यालयको स्तरोन्नति तथा शिक्षाको गुणस्तर बिकास गर्नको लागि मोटिभेसनल तथा सकारात्मक सोचको बिकासका लागि दुई दिने तालिम तथा सेमिनार कार्यक्रम सम्पन्न गरेको छ।

टोखा नगरपालिकाको आयोजनामा लिला टेक सोलुशनले संचालन गरेको कार्यक्रममा टोखा नगरपालिकाका ९ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुलाइ समाबेश गरिएको थियो।

फागुन १३ र १४ गते बल्थली माउन्टेन रिसोर्ट,बल्थली, काभ्रेमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिका मेयर प्रकाश अधिकारी , बिशिष्ट अतिथि एबम प्रशिक्षकमा डा. बिद्या नाथ कोइराला र मनोहर मान श्रेष्ठ तथा अतिथिहरुमा नगरपालिकाक शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम , आर्थिक प्रशासन शाखा प्रमुख ताराप्रसाद निरौला सहित खगेन्द्र सिंह धामी ,रेणु अधिकारी ,नरोत्तम राना, लगाएत अन्य शैक्षिक व्यक्तित्वहरु रहनु भएको थियो।
हरेक नागरिकले सामुदायिक बिधालयलाइ सकारात्मक रुपले हेर्नु पर्ने भन्दै मेयर अधिकारीले शिक्षा नै बिकासको आधार स्तम्भ भएकोले बिद्यालय लाइ अब्बल बनाउनु पर्ने र प्राबिधिक शिक्षामा सामुदायिक बिधालयहरुले जोड दिनुपर्ने कुरा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमले शिक्षा भनेको शिक्षकले पनि सिक्दै र सिकाउदै गर्नुपर्ने कार्य भएकोले सकारात्मक सोचले शिक्षकले अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो ।
यसै गरि बिशिस्ट अतिथि एबं प्रशिक्षक डा. बिद्या नाथ कोइरालाले बालबालिका लाइ शिक्षा प्रदान गर्न शिक्षक तथा बिद्यालयले केयरिंग, हेयरिंग, एजुकेयरिंगका तवरबाट अगाडी बढ्नु पर्ने विचार राख्नु भयो । साथै शिक्षण पद्दतिमा शिक्षक तथा बिधालय अपडेट हुनु पर्ने र एक्सचेन्ज सिस्टम लागु तथा प्रयोग गर्दा शैक्षिक गुणस्तर सुधारिने कुरामा जोड दिनु भयो।

सामुदायिक बिद्यालयको स्तरोन्नति तथा शिक्षाको गुणस्तर सुधारका लागि बिद्यालय, शिक्षक, अभिभावक लगाएत राज्यको नीति लागएतका सबै पक्षको उल्लेखनीय भूमिका रहने कुरामा सहभागीहरुको समान धारणा रहेको थियो।

तुलनात्मक रुपमा कमजोर गुणस्तर देखिएका सामुदायिक बिधालयहरुको स्तरोन्नति गर्न विद्यमान शिक्षा प्रणालीलाई समय सापेक्ष बनाउदै लागु गर्नु पर्ने आवश्यकता रहेको सम्बन्धित सरोकारवालाहरु भनाइ छ ।
देशको शिक्षा निति, ऎन, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र पद्धति, परीक्षा प्रणाली, मूल्याड्ढन पद्दति,बालबालिका प्रति गरिने ब्यवहार लगायतका क्षेत्रमा संशोधन, परिमार्जन एवं परिवर्तन समेत आवश्यक देखिएको परिप्रेक्ष्यमा शैशिक गुणस्तर सुधार्नका लागि शिक्षक, विद्यार्थी, प्र.अ. व्यवस्थापन समिति, अभिभावक र सरोकारवाला ब्यक्ति तथा निकायहरू सबै थप जिम्मेवार ,इमान्दार र असल भएर आफ्नो काम, कर्तव्य र अधिकारको सहि र विवेकपूर्ण ढ्ङले लागेर बिद्यालय तथा शैक्षिक गुणस्तर सुधारमा लाग्नु पर्ने सरोकारवालाहरुको धारणा देखिन्छ ।
