Tuesday, April 21

दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्छ: सभामुख घिमिरे

काठमाडौँ, १५ मार्च – सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने  र पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नु पर्ने  आवश्यकता  रहेको औंल्याउनुभएको छ। आज काठमाडौँमा आयोजना गरिएको बेल्ट एण्ड रोड इनिसियटिभ (Belt and Road Initiative – BRI) र नेपाल-चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलाग’ कार्यक्रममा उहाँले बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

सभामुख घिमिरेले चीनको प्रगतिमा नेपालको गौरव र चीनको विकासबाट लाभ लिन चाहेको स्पष्ट पार्नुभयो। उहाँले २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट बाहिर निस्कने लक्ष्य राख्दै चीनसँगको सहयोग महत्वपूर्ण हुने अपेक्षा व्यक्त गर्नुभयो।

नेपाल र चीनको ऐतिहासिक सम्बन्धलाई प्रगाढ र सुदृढ गर्दै, सभामुखले बिआरआईलाई नेपालका लागि आर्थिक वृद्धिका अवसरको रुपमा लिनुपर्ने बताएका छन्। उहाँले नेपाललाई ‘ट्रान्जिट हब’को रुपमा स्थापित गर्न भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकतासमेत जोड दिनुभयो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआईलाई विश्वव्यापी विकास परियोजना बताउँदै यसले नेपालमा अभूतपूर्व अवसरहरू सिर्जना गर्ने बताए। उहाँले बिआरआईलाई चिनियाँ ऋणको पासो भनेर आलोचना गर्नेहरूको असहमति व्यक्त गर्दै यसको फाइदाका बारेमा सचेत रहन आग्रह गर्नुभयो।

चिनियाँ राजदूत सङले नेपाल र चीनको सम्बन्धलाई अझ प्रगाढ बनाउन चीनको योगदान र सहकार्यलाई निरन्तर सकारात्मक रहेको जनाउँदै बिआरआईको कार्यान्वयनमा सहयोग पुर्‍याइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *