Wednesday, April 22

भक्तपुरको  मध्यपुर थिमिमा बिस्का जात्राअन्तर्गत सिन्दुर जात्रा मनाइँदै ।

भक्तपुरको  मध्यपुर थिमिमा आज विभिन्न देवी–देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ। बिस्का जात्राअन्तर्गत हुने सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन रहेको छ ।

तर विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खट मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाउन लागिएको हो।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ। जात्रामा जात्रालुहरूले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गर्दछन्।

काया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवता राखिएका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले सिन्दुर जात्रा भनिएको हो।

त्यसैगरी आज दिउँसो मध्यपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेक हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *