Tuesday, May 26

पठनपाठन तथा शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न सबै बिद्यालयलाइ टोखा नगरपालिकाको आग्रह

टोखा नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्रका सबै बिद्यालयलाइ पठनपाठन लगायतका शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । नगरपालिकाको शिक्षा शाखाले सबै बिद्यालयका लागि आज एक सूचना जारी गर्दै शैक्षिक सत्र सुरुवात भइ सकेकाले शिक्षक आन्दोलनका कारण भन्दै शैक्षिक शत्रका तालिका अनुसारका आफ्ना नियमित शैक्षिक गतिबिधिलाइ अबरोध नगर्न अनुरोध गरेको हो ।

शिक्षक आन्दोलनका कारण शैक्षिक गतिविधिहरू तथा पठनपाठन अवरुद्ध भएको भए अनिवार्य रूपमा मिति २०८२/०१/१० देखि पूर्ण रूपमा सञ्चालनमा ल्याई सुचारु गर्न र नगर शिक्षा ऐनको दफा १०४ बमोजिमको आचार संहिता शिक्षक तथा कर्मचारीबाट पालना गर्न गराउन समेत अनुरोध गरिएको छ ।

शिक्षक आन्दोलनले विद्यालय पठनपाठनका गतिविधिहरूमा प्रत्यक्ष असर परेको देखिएकाले शैक्षिक सत्र बैशाख एक गतेदेखि शुरुवात भइ सक्दा पनि नगर क्षेत्रका सबै बिद्यालयहरुमा विद्यार्थी भर्ना तथा पठनपाठनका गतिविधि सञ्चालनमा नआएको भन्ने गुनासो विद्यार्थी, अभिभावक र विभिन्न सरोकारवाला पक्षबाट भएका कारण नगरपालिकाले मिति २०८२/०१/०८ को नगर कार्यपालिकाको बैठक बाट निर्णय गर्दै सबै बिद्यालयलाइ पत्रानुसार कार्य गर्ने गरि सुचित गरेको हो ।

मैलिक हकको रुपमा सुनिश्चित भएको नेपालको संविधानको धारा ३१ मा उल्लेखित विद्यार्थीहरूको शिक्षा लिन पाउने हक बाट बन्चित नगर्न तथा नगर शिक्षा ऐन, २०७५ को दफा ४८ को उपदफा (१) र टोखा नगर शिक्षा नियमावली, २०७९ को नियम ४० को उपनियम (१) अनुसार विद्यालयको शैक्षिक सत्र सम्बन्धि व्यवस्था लाइ परिपालन गर्न गराउनका लागि पनि नगरपालिकाले नगर क्षेत्रका सबै बिद्यालयलाइ पत्र मार्फत भनेको छ ।

विभिन्न मागहरुका साथमा विगत २० दिनदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले आन्दोलन गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *