Wednesday, April 22

आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र काममा फर्कन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।

रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको अदालतका सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिनुभयो ।

अदालतको आदेश प्राप्त भएपछि तीनदिने अवधि शुरु हुने र भोलि सम्बन्धित पक्षकोमा आदेश पुग्ने पनि सहरजिष्ट्रार कुइँकेलले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *