Wednesday, April 22

पाल्पाको रैनादेवी-१,सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु ,चालकसहित दुईजना घाइते

बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिका- १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित दुईजना घाइते भएका छन् ।

जिल्लाको सिद्धेश्वर असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको छ ।

रैनादेवी छहरा गाउँपालिका-१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले बताए ।

डीएसपी मल्लका अनुसार जीपमा पाँचजना सवार थिए। चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ। २२ वर्षीय सरोज बुढा पनि घाइते छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *