
काठमाडौँ ।‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ भन्ने नाराका आज विश्व दिवस मनाइँदैछ ।
२८ अप्रिलका दिन हरेक बर्ष श्रम र सुरक्षा अन्तर्गत कार्य स्थलमा श्रमिकको सुरक्षा र स्वास्थ्यको बिशेष ख्याल गरिनु पर्छ भन्ने अबधारणा अनुसार यो दिवस मनाइने गरिन्छ ।
सन् २००३ मा विश्व श्रम सङ्गठन (आईएलओ)को आह्वानमा कार्यस्थलमा हुनसक्ने दुर्घटना तथा रोगको रोकथाममा जोड दिने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । यो दिवस विश्व श्रम सङ्गठनको व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी विश्व रणनीतिको एक हिस्सा हो । कार्यस्थलको सुरक्षा र स्वास्थ्यलाई कसरी सुनिश्चित गर्ने भन्नेबारे जनचेतना फैलाउने र यस विषयलाई राजनीतिक प्राथमिकता ल्याउने महत्त्पूर्ण उपकरणका रुपमा विश्व सुरक्षा तथा स्वास्थ्य दिवसलाई प्रयोग गरिन्छ ।
आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल उपकरणहरूले कार्यस्थलमा स्वास्थ्य र सुरक्षाको परिभाषा नै परिवर्तन गरिरहेका छन् । रोबोटहरू प्रयोग भइरहेका छन् । जसले भारी काम, विषालु पदार्थको व्यवस्थापन तथा अत्यधिक तापक्रममा कामजस्ता जोखिमपूर्ण कार्यहरू गरिरहेका छन् । डिजिटल उपकरण र सेन्सरहरूले खतरा पहिचान गर्न सक्ने क्षमता राख्छन्, जसले सुरक्षामा उल्लेखनीय सुधार ल्याएको छ । तर यिनको सही नियमन र सुरक्षात्मक उपायहरू अपनाउन भने जरुरी छ ।
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनको मनाउदै आएको अन्तर्राष्ट्रिय अभियान हो। यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।
