
वर्षाका कारण सडक चिप्लो हुदा सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित बनेको छ । शनिबार राति बाट शुरु भएकोको वर्षाका कारण सडक चिप्लो हुदा एकतर्फी रुपमा सवारी साधन चलिरहेका छन्।
सडक चिप्लो हुदा गाडी चिप्लिएर दुर्घटनाको जोखिम बढेपछि एकतर्फी रुपमा सवारी संचालन गरेको र विभिन्न ठाउबाट सवारी साधनलाई डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले बताएका छन ।
सोहि अनुसार आज काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन मात्र दिइएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन् । साथै भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधनलाई जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको पनि जनाएका छन् ।हाल लाइ भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक गाडीलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ ।
हल्का पानी परेका बेलामा पनि हिलाम्मे भएर सडकमा गाडी चिप्लिने गरेका छन् ।हल्का बर्षा हुदा पनि बाटो हिलाम्मे भएर सवारी चिप्लिन थालेपछि ठूला सवारीसाधन उकालो उक्लिन नसक्ने र सडकमै भासिने समेत गरेका छन् । केहि साना सवारी साधन भने चिप्लेर सडकबाट तल समेत खस्ने गरेका सूर्यविनायक–जगाति सडक खण्ड मा देख्न सकिन्छ ।
यो समयमा भक्तपुर र काभ्रे जिल्ला जोड्ने सूर्यविनायक–जगाति सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको छ । निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् ।
