Wednesday, December 10

तीन दिन सवारीचालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने

यातायात व्यवस्था विभागको सूचना अनुसार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीन दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जेठ २७ देखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द हुने जनाएको हो। स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले छपाइ बन्द गर्न लागिएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो ।

उक्त अवधिमा अत्यावश्यक सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ अगावै निवेदन बुझाई स्वीकृत भएको यकिन गर्नुहुन विभागले अनुरोध गरेको छ । विभागका अनुसार हाल करिब ३० लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *