Wednesday, December 10

काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि दोस्रो पटक शैक्षिक मेला हुदै

काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि Second Northern SEE Education Fest, 2082 हुने भएको छ । आउदो जेठ ३१ गते काठमान्डौको टोखा स्थित लर्ड पार्टी प्यालेसमा बिद्यार्थी तथा अभिभावकका लागि शैक्षिक परामर्श तथा सूचना प्रदान गर्ने उद्देश्यका साथ् कार्यक्रम हुन लागेको आज प्रेस सम्मेलन गरि जानकारी दिइएको हो ।

Sky Vision Foundation को आयोजनामा हुने कार्यक्रममा एकै थलोमा रही उत्तर भेगीय क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुका भर्ना प्रक्रिया, कोर्स, पठन पाठनका तरिका, छात्रवृत्ति आदि जस्ता बिबिध बिषयमा बिद्यार्थी तथा अभिभावककालाइ जानकारी दिनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका ध्रुब प्रसाद आचार्यले बताउनु भयो ।

शनिबार बिहान ११ देखि ६ बजे सम्म हुने कार्यक्रमले मुख्य गरि Information,Motivation,Career Councilling र Entertainment जस्ता चार वटा विधाबाट कार्यक्रम लाइ सम्पन्न गर्ने बताईएको छ ।

काठमाडौंको उत्तरी भेगलाई लक्षित गरि गर्न लागिएको यो मेलाले SEE पश्चातको उच्च शिक्षाका लागि अभिभावक कलेज र बिद्यार्थी बीच प्रत्यक्ष सम्बाद र अन्तरक्रिया गराउदै बिद्यार्थी लाइ प्रेरणा प्रदान गर्ने र सकारात्मक सन्देश दिने किसिमको उद्देश्य राखिएको छ । मेलामा १७ भन्दा बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने छ । मेला बाट ४००० भन्दा बढी बिद्यार्थीहरु लाभान्वित हुने अनुमान गरिएको छ ।

एक आपसमा स्वच्छ प्रतिस्पर्धा गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य का साथ् यही भेगमा नै बिद्दार्थीले रोजे र खोजेजस्तो भौतिक सुविधा सम्पन्न एवम् अतिरिक्त क्रियाकलाप सहितको गुणस्तरीय शिक्षा भएको आफ्नै घर छेउछाउ एबम पायक पर्ने कलेज नै बिद्यार्थीको रोजाई हुनु पर्ने भएकाले कार्यक्रममा यस क्षेत्र का सबै बिद्यार्थी सहभागी हुनु पर्ने आवस्यकता रहेको टोखा HISSAN अध्यक्ष राजन अधिकारीले  बताउनु भयो ।

कार्यक्रमलाइ HISSAN, PABSON तथा टोखा नगरपालिकाको समन्वय बाट सम्पन्न हुने भएको छ भने Alfa Institute र GLC Basundhara ले सह आयोजकको रुपमा सहयोग गरेका छन । मेलामा स्वास्थ्यका लागि Health Camp, मनोरंजनका लागि Live Music, Comedy Performance लागएत बिबिध सांगीतिक प्रस्तुतिहरु पनि रहने छ । प्रथम Education Fest अघिल्लो बर्ष भव्यताका साथ् सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *