Wednesday, December 10

सौन्दर्य सेवा र तालिमको लागि शंखमूलमा मायाज एस्थेटिक एकेडेमीको शुभारम्भ

शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर को भव्य उद्घाटन समारोह एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सौन्दर्य सेवा र व्यावसायिक तालिमको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको उद्घाटनमा चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्त, चर्चित अभिनेत्री निता ढुंगाना, सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, मोडेल सन्ध्या घतानी लगायतका कलाकारहरूको विशेष सहभागिता रहेको थियो ।


उक्त उद्घाटन समारोहमा बोल्दै मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर की सञ्चालिका गीता गिरीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने तथा सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य रहेको बताइन् ।
उनले तालिम केन्द्रमार्फत युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् ।
मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी ले सौन्दर्य सेवासँगै अनुहार, छाला, शरीर र सौन्दर्य सम्बन्धी अन्य समग्र सेवा तथा तालिम समेट्ने योजनासमेत अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *