Wednesday, December 10

टोखा १ मा आज बाट टोल स्तरीय फुटबल प्रतियोगिता शुरु

टोखा नगरपालिका वडा १ को आयोजनामा टोल स्तरीय फुटबल प्रतियोगिता आज बाट शुरुवात भएको छ ।टोखाको भुतखेल चौरमा नगरप्रमुख प्रकाश अधिकारीले बल हान्दै प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो।

भदौ २१ देखि असोज ६ गते सम्म संचालन हुने खेलमा वडा १ का १० टिमहरु सहभागी हुने भएका छन् ।भुतखेल चौरमा हरेक दिन दिउसो १ बजे देखि खेल सुरु हुने र औसत दैनिक दुइ खेल हुने आयोजकले जनाएका छन ।
भाद्र ३१ सम्म प्रारम्भिक छनौट चरणका खेल हुने छन् भने त्यस पछी क्रमशः सेमी फाइनल र अन्तिम चरणका खेलहरु हुनेछन् ।

स्थानीय सेतुबन्ध युवा क्लबको सह आयोजनामा हुने खेल लाइ दुइ समूह मा बिभाजन गरिएको छ ।समूह ए अन्तर्गत जहानिया गाउँ,झोर चापाबोट, फुलबारी, मालुंग,र बौडुगाउँका टिमहरु रहेका छन् भने समूह बि अन्तर्गत गेलालबारी,गैरि गाउँ ,दुलाल गाउँ,लामिछाने गाउँ तथा बिडारी गाउँका टिमहरु रहेका छन् ।

आज पहिलो दिनको पहिलो खेल समूह ए बाट जहानिया गाउँ र झोर चापाबोटका टिम बीच खेल भएको थियो जसमा जाहनिया गाउँ ले ३-१ को गोल हान्दै झोर चापाबोट संग बिजयी भएको छ । यसै गरि दोश्रो खेल समूह ए कै फुलबारी र बौडु गाउँ का बीच भएको थियो भने बौडु गाउँले फुलबारी लाइ १-० ले पराजित गरेको थियो ।

भोलि २२ गते समूह बि का टिमहरु बीच प्रतिस्पर्धा हुने छ जसमा पहिलो खेल गेलालबारी र बिडारी गाउँ का बीच र दोश्रो खेल लामिछाने गाउँ र दुलाल गाउँ का बीच हुने भएको छ ।

आजको उद्घाटन शत्रमा नगरप्रमुख प्रकाश अधिकारी, नगर उप प्रमुख मुरारी तामांग, साथै स्थानीय जन प्रतिनिधिहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत स्थानीय बासिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *