Saturday, January 24

साथीका लागि साथी भन्दै नगरकोटमा युवाहरूको पिकनिक सम्पन्न

“साथी का लागि साथि” भन्ने भावनाका साथ युवाहरुको जमघटबाट नगरकोटमा पिकनिक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न स्थानबाट आ–आफ्नो कर्ममा व्यस्त रहेका युवाहरूले आफ्नो भाइचारा मजबुत बनाउने उद्देश्यका साथ् बोजीनी ड्याम नगरकोटमा मंगसिर २० गते पिकनिक तथा भेलाको कार्यक्रम गरेका हुन ।

आपसमा परिचय आदान–प्रदानका साथमा रमाइलो पिकनिकको आयोजना गर्दै देशका बिभिन्न भागका युवाहरुले मनोरञ्जनात्मक कार्यक्रमका साथ् आफ्नो खुसी साटासाट गरेका थिए ।

युवाहरुले  आउँदो निर्वाचनलाई ध्यानमा राख्दै  निर्वाचनमा पार्टीभन्दा माथि उठेर योग्य र सक्षम नेतृत्व चयन गर्नु पर्ने धारणा समेत राखेका छन्।

हिउदको समयमा रमणीय पर्यटकिय क्षेत्र नगरकोटमा बनभोज तथा घुमफिरका धेरै मानिसहरु आउने गर्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *