Monday, February 9

तेस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता  सम्पन्न

एनसीएमटी (NCMT) कलेज  द्वारा आयोजित तेस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता  सम्पन्न भएको छ। पौष १३ गते देखि १५ गते सम्म  संचालन भयको प्रतियोगितामा १९  वटा कलेजका बिभिन्न टिमहरुले सहभागिता जनाएका थिए।

खेल प्रतियोगिता २०८२  साल पौष १३ गते देखि १५ गते सम्म  मनांग मर्स्याङ्दी फुटसल, गोंगबुमा  भएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता सरस्वती मल्टिपल क्याम्पस तथा उपविजेता दोस्रो थेम्स कलेज ,तेस्रो टेक्सास कलेज भएका छन् ।पुरस्कार राशि १ लाख प्रथम,५० हजार दोस्रो र २५ हजार तेस्रो हुने टोलीलाई कलेज प्रशासनका तर्फबाट प्रिन्सिपल डा. अरूण ठाकुर र भाईस प्रिन्सिपल बिकास विडारिले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

सामाखुशी-३ काठमान्डौमा रहेको  आयोजक  नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स प्रा लि  (NCMT College) ले भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। बिगतका बर्षमा पनि खेलकुदका बिबिध प्रतियोगीता सम्पन्न गरेको कलेजले  प्रतियोगिताले युवा बिद्यार्थी  खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको जनाएको छ । यसरी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको फुटसल प्रतियोगिताले  नेपाली फुटसल खेलको प्रवर्द्धनमा सकारात्मक योगदान हुने  विश्वास भएको भन्दै आगामी दिनहरूमा अझै थप बिबिध प्रतियोगिताको आयोजना गर्ने कलेजको  योजना रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *