Tuesday, April 14

प्रतिनिधि सभा सदस्यको लागि देशै भर मतदान सुरु

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । समयभित्र मतदानस्थल परिसरमा पुगेका मतदाताले मत हाल्न पाउनेछन् ।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ६५ दलका ३,४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला, १ अन्य) प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ ३,१३५ उम्मेदवार (१,३६३ पुरुष, १,७७२ महिला) छन् ।
देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता (९६.६ लाख पुरुष, ९२.४ लाख महिला, २०० अन्य) छन् । मतदानका लागि १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र तोकिएका छन् । करिब १.५ लाख मतदाताले अस्थायी केन्द्रबाट समानुपातिकमा मतदान गर्नेछन् ।
सुरक्षाका लागि नेपाली सेना ७९,७२७, नेपाल प्रहरी ७५,७९७, सशस्त्र प्रहरी ३४,५६७, राष्ट्रिय अनुसन्धान १,९२१ र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना परिचालन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *