Friday, April 17

टोखामा थप सुबिधा सहित मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ

टोखा नगरपालिकाले तेस्रो पटक जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परिक्षणको मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण ( होलबडी चेकअप) कार्यक्रमको शुभारम्भ गरेको छ ।थप सुबिधाको व्यवस्था सहितको स्वास्थ्य परीक्षण कार्यक्रमको आज नगर प्रमुख श्री प्रकाश अधिकारीले समुद्घाटन गर्नु भएको हो ।

चण्डेश्वरी प्रादेशिक अस्पतालमा भएको समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बिसी, १ देखि ११ वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरसभा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुख एबं कर्मचारीहरु लगाएत महिला स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।

बिगत २ बर्षदेखि नगरबासी लाइ उपलब्ध हुदै आएको चालू आब २०८०/०८१ का लागि संचालित यो तेस्रो नियमित कार्यक्रममा नगरबासी का लागी थाइरोइड, मुटु तथा छातीका परिक्षण, सुगर ,युरिक एसिडका का परिक्षण, बिशेषज्ञ सेवा आदि जस्ता सेवा तथा कार्यक्रम थप गरि संचालनमा ल्याइएको छ । कार्यक्रममा हुने सेवाका प्याकेजमा वायोकेमिस्ट्री ,हेमाटोलोजी, प्याथोलोजी र रेडियोलोजी जाँचपडतालको परिक्षण पश्चात स्त्रीरोग तथा बरिष्ट फिजिसिएनहरुद्वारा पुनः स्वास्थ्य जांचको ब्यबस्था समेत गरिएको छ ।

नगरपालिकाका भित्रका ६८ वर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीक, एकल महिला, दलित, अल्पसंख्यक, सिमान्ताकृत, गरीव तथा विपन्न वर्गका नागरीकहरुलाई लक्षित गरी संचालन गरीएको यस कार्यक्रम मार्फत आईतवार देखि बुधवार सम्म टोखा न.पा. वार्ड न. ११ को शहरी स्वास्थ्य क्लिनिकमा र बिहिवार तथा शुक्रवार टोखा न.पा. वार्ड न. २ को चण्डेश्वरी प्रादेशिक अस्पताल मार्फत सेवा प्रदान हुने छ । चण्डेश्वरी प्रादेशिक अस्पतालमा नगरपालिकाका १ देखि ४ सम्मका वडाबासी ले र शहरी स्वास्थ्य क्लिनिकमा ५ देखि ११ का वडाबासीले सेवा लिन सक्ने ब्यबस्था रहेको छ

करीव ६५ लाख रुपया अनुमानित बजेटको लागतमा सम्पन्न गरीने यस मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण (होलबडी चेकअप) कार्यक्रमले क्यान्सर, सिओपिडी, मधुमेह, उच्च रक्तचाप लगायत अन्य विभिन्न विरामका व्यक्तिहरुलाई सेवा पुग्ने अनुमान गरीएको छ । यस मेयर दिर्घायु कार्यक्रमबाट करीब १५०० जना नगरबासी प्रत्यक्ष रुपमा लाभान्वित हुने अनुमान नगरपालिकाको रहेको छ । कार्यक्रम अवधिभर ११ वटै वडामा कार्यरत स्वास्थ्यका कर्मचारीहरु र महिला स्वास्थ्य स्वयसेविकाहरुलाइ अतिरिक्त रुपमा समेत परीचालन गरिने गरि ब्यबस्थापन मिलाएको जानकारी नगरपालिकाले गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *