दादुरा, रुबेला जस्ता अतिनै संक्रामक र प्राणघातक रोगहरु बिरुद्द टोखा नगरपालिका ले आज पहिलो दिन ३३८८ जना बालबालिका लाइ खोप प्रदान गरिएको छ ।फागुन १३ गते देखि ३० गते सम्म देशै भर संचालित दादुरा-रुबेला खोप अभियान अनुसार नगरबासी बालबालिकाहरु लाइ खोप प्रदान गरिएको हो ।
नगरपालिका अन्तरगतका सम्पुर्ण विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा खोप सेवा संचालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा ले जनाएको छ ।९ महिना देखी १५ वर्ष सम्मका बालबालिकाहरूलाइ दादुरा रूबेला खोप संचालन गरिएको छ । यसै अभियान अन्तर्गत पाँच बर्ष मुनिका बालबालिकालाइ छुट नियमित खोप पनि प्रदान गरिएको छ । छुट नियमित खोप लागि भने नियमित खोप कार्ड लिएर जानु पर्ने व्यवस्था रहेको छ ।
दादुरा, रुबेला अतिनै संक्रामक र प्राणघातक रोगहरु भएकाले बालबालिकाको मृत्यु समेत हुन सक्ने हुन सक्छ । जिबन रक्षा गर्ने खोप सुरक्षित र निशुल्क रहेको छ ।फागुन ३० गते सम्म संचालन हुने दादुरा-रुबेला खोप अभियान मा सहभागी भै त्यसैले आफ्ना बालबालिकालाई दादुरा रुबेला रोगहरु लाग्नबाट रोक्न नगरपालिका ले सम्बन्धित सबै नगरबासि लाइ अपिल गरेको छ । थप जानकारी आवस्यक परेमा नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा नजिकैको वडा कार्यालय तथा पैसा नलाग्ने फोन नम्बर १११५ मा समेत सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ ।
