Monday, April 13

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा प्रभातफेरि सम्पन्न

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा योग जागरण सम्बन्धी विशाल प्रभातफेरि सम्पन्न भयको छ ।

बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सबको तथा दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसिय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रेभातफेरि तारकेश्र्व्रर नगरपालिकामा “बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सफल भयको छ ।

गरौ योग- रहौ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित सुरु गरिएको प्रभातफेरिको शुभारम्भ तारकेश्र्व्रर नगरपालिकामा पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गर्नु भएको थियो ।

यस कार्यक्रम  सात वटा योग साधना केन्द्रहरु – अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता .न. पा खेलकुद संघबाट साधक साधिकाहरुको उल्लेखनीय सहभागिताका साथ सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रमको बारेमा हामिलाइ जनाकारी गराउदै बज्रयोगिनी साधाना केन्द्रका सचिब राजेन्द्र घिमिरे सागरले बज्रयोगिनी योग साधना समुहको वार्षिकोत्सब असार ७ गते रहेको र साथै जुन २१ अन्तरास्ट्रिय योग दिवस समेत यसै दिन परेकोले कार्यकम भव्य बनाउन तीन दिवसीय कार्यक्रमको आयोजना गरिएको सो मध्य आज असार ६ गते प्रभातफेरीको आयोजना गरिएको बताउनु भयो ।

यसै गरि भोलि असार ७ गते बिहान बज्रयोगिनी योग साधना समुहको वार्षिकोत्सब भव्य बनाउन स्थानिय बासीहरु ,स्थानिय योग साधना केन्द्रका साधक साधिकाहरु , स्थानिय प्रहरी ,स्थानिय निकायका प्रतिनिधिहरु सन्चारकर्मिहरु जिल्ला नगर योग समितिका पदाधिकारीहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवसकको प्रोटोकल अनुसारको ,योग खेलकुद विभिन्न योगासनहरुको प्रदर्शन , कविता वाचन योग जागरसम्बन्धित प्रवचन गरि भव्यरुमा मनाइने छ  ।

तेस्रो दिनको कार्यक्रम ता.न .पा ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको प्रमुख आतिथ्यमा असार ८ गते शनिवार बिहान ११ बजे बाट २ बजे सम्म वृहत रक्तदान कार्यक्रम धेरै भन्दा धेरै रक्तदाताहरु लाई सहभागी गराइ सम्पन्न गर्दै तीन दिवसिय कार्यक्रम सम्पन्न गर्ने योजना रहेको बताउदै असार ८ ता. न .पा ४ लोलाङ्ग हाइट बज्रयोगिनी पिपल बोट प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा सहभागी भै रक्तदान गर्नका लागि सबैमा आह्वान गर्नु भएको छ।

हामी निरन्तर योग जागरण कार्यमा तल्लीन रहेका छौ । सोही अनुरुप हाम्रो अगुवाइमा स्थानीय साधक साधिकाको आग्रहमा तीन वटा साधना केन्द्र सन्चालनमा आएको र छिट्टै अन्य साधना केन्द्र पनि सन्चालनमा ल्याउने प्रक्रिया अगाडि बढिरहेको जानाकरी गराउदै आफुलाई पायक पर्ने साधना केन्द्रमा आएर योग गर्न आग्रह गर्नु भयो ।
बज्रयोगिनी योग साधना समुहका अध्यक्ष सुमन थापाले हाम्रो सस्थाको वार्षिकोत्सब उत्सव तथा दशौ अन्तर्राष्ट्रिय योग दिवसको तीन दिवसीय कार्यकममा पतन्जली योग समिती ता .न .पा का अध्यक्ष चन्द्र सापकोटा ज्युको साथ सहयोग ,अनि नगर खेलकुद सघको सहकार्यका साथै विशेष जिम्मेवारी साथ खटिएका बज्रयोगिनी योग साधना समुहका साथिहरु – राजेन्द्र घिमिरे सागर , शशी (कमल ) पन्त ,पुष्पा लम्साल ,केदार अधिकारी , मैयाँ केसि , सुनिता ढुंगाना , देवकी बानिया लगायत साधना समुहका सबै साथीहरु र सातवटा योग साधना केन्द्रहरु – अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता न पा खेलकुद संघको साथै स्थानीय बासी सक्रिय सहभागित रहेकोमा धन्यवाद ज्ञापन गर्दै ७/८ गतेको कार्यक्रमलाई पनि सफल बनाउन आग्रह गर्नु भयो सबैले योग सबै गरौ स्वस्थ रहौ भन्दै तारकेश्र्वर लाई योग मय बनाउन आफू सधै निस्वार्थ निरन्तर लागि रहने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *