Wednesday, April 22

Author: टोखा खबर

आज बिहान सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन

आज बिहान सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन

बिशेष, समाचार
काठमाडौँ। सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको छ। बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले र नेपाल शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी हुनुहुन्थ्यो । बैठकपछि अध्यक्ष सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताउनुभयो ।तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।...
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताउनुभएको छ । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गर्नुभएको छ । ट्रम्पले भन्नुभयो, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।” वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ । दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए ...
आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र काममा फर्कन सर्वोच्चको आदेश

आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र काममा फर्कन सर्वोच्चको आदेश

समाचार
काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको अदालतका सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिनुभयो । अदालतको आदेश प्राप्त भएपछि तीनदिने अवधि शुरु हुने र भोलि सम्बन्धित पक्षकोमा आदेश पुग्ने पनि सहरजिष्ट्रार कुइँकेलले जानकारी दिनुभयो ।।...
अस्थिरता र अराजकतालाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

अस्थिरता र अराजकतालाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

समाचार
काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो । देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुन र नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् भन्ने विश्वासका साथ महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभयो । प्रधानमन्त्री ओलीले वैशाख ११ गते ...
बुढानिलकण्ठ १ को आयोजनामा ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने

बुढानिलकण्ठ १ को आयोजनामा ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने

खेलकुद
बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा  ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने भएको छ। WBC मोई  थाई नेपालको  सहकार्यमा हुने यो कार्यक्रम आगामी बैशाख २८ गते Lemon Tree Premier, बुढानिलकण्ठ-१ मा हुनेछ। कार्यक्रममा मोई  थाई , बक्सिङ्ग तथा प्रि-एक्सपर्ट स्तरका गरी जम्मा १५ वटा प्रतिस्पर्धात्मक फाइटहरू समावेश हुने छन्। त्यसमा ३ वटा प्रोफेसनल मोई  थाई, ३ वटा प्रोफेसनल बक्सिङ्ग तथा ९ वटा प्रि-एक्सपर्ट मुवा थाई नियमअनुसारका फाइटहरू हुने जनाइएको छ। यस प्रतियोगिताको मुख्य आकर्षणको रूपमा महिला सुपर फ्लाईवेट डिभिजन अन्तर्गत राष्ट्रिय उपाधिका लागि रजिना बिष्ट र अफ्सरा तामाङबीचको प्रतिस्पर्धा रहनेछ। यो फाइटले महिलाको आत्मबल अभिवृद्धि गर्नुका साथै नेपालमा महिला खेलाडीको प्रतिनिधित्वलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ। यस प्रतियोगिताको अपरेशनल पार्टनरको रूपमा 977 Athletic Department, ...
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

साहित्य
काठमाडौँ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ । चिःबहाल परिवार, ठमेलको सहआयोजनामा सम्पन्न काव्योत्सवमा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले आफ्नो वडाभित्र हुने साहित्यिक कर्ममा आफ्नो सहयोग रहने बताउनुभयो । उहाँले कविको कलम नकारात्मक कुराविरुद्ध समाजलाई व्यवस्थित गर्नेतर्फ चल्ने कुरामा आफू आशावादी भएको बताउनुभयो । गीतकार राजेन्द्र शलभले कविता सुनाउँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत गाउँदै विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा स्नेह सायमिले चिःबहालका बारेमा आफ्ना कुरा राख्दै कविता सुनाउनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले प्रतिष्ठानले स्थापनाको सुरुमै धेरै साहित्यिक गतिविधि सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।...
जम्मू-कश्मीरमा अन्धाधुन्ध गोली प्रहार हुदा एक नेपाली सहित कम्तीमा २८ जनाको मृत्यु

जम्मू-कश्मीरमा अन्धाधुन्ध गोली प्रहार हुदा एक नेपाली सहित कम्तीमा २८ जनाको मृत्यु

समाचार
आतंककारीहरूले जम्मू-कश्मीर को बैसरान भन्ने ठाउमा अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन्। घटनामा आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरि आक्रमण गरेका थिए । यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद...
औपचारिक भ्रमणका लागि  युएईका विदेशमन्त्री शेख अब्दुल्लाह मङ्गलबार साँझ काठमाडौँमा

औपचारिक भ्रमणका लागि युएईका विदेशमन्त्री शेख अब्दुल्लाह मङ्गलबार साँझ काठमाडौँमा

समाचार
दुईदिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान मङ्गलबार साँझ काठमाडौँ आइपुग्नु भएको छ  । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो  । परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगो...
सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध

सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध

समाचार
सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् । पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताउनुभयो । दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ...
भारतीय विद्युत् मन्त्री दुईदिने भ्रमणका क्रममा आज काठमाडौँमा

भारतीय विद्युत् मन्त्री दुईदिने भ्रमणका क्रममा आज काठमाडौँमा

समाचार
भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गर्नुभएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो । सङ्खुवासभाको मकालु गाउँपालिकामा रु एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित...