विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी मनाइँदै
आज विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी मनाइँदै छ । आजको दिन विद्यामा वृद्धि होस् भनि सरस्वतीको को पुजा आरधानाका साथमा पुस्तक, कापी, कलम र वाद्ययन्त्र आदिको पूजा गर्ने गर्दछन । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु र यन्त्रहरुलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्।
आज बाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्तपञ्चमी’ भनिन्छ । ऋग्वेदमा वाग्देवीको नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।
श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा (सूर्य दर्शन) राख्ने र बेलविवाह (इही) जस्ता सामा...









