Wednesday, April 22

Author: टोखा खबर

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

समाचार, संस्कृति
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका-२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चालक हिक्मत रोकायाले चलाएको सु.प्र ०१००२ त ४१०५ ट्याक्टर लु ४ त ७३०५ को ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिनुभयो। केही वर्ष पहिला त्यसै ठाउँमा जिप पल्टिदा चार जनाको ज्यान गएको थियो।...
टोखामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

टोखामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

खेलकुद, टोखा खबर
स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा का साथ् टोखामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० को शुरुवात भएको छ । टोखा नगरपालिकाको आयोजनामा पांच दिन सम्म चल्ने प्रतियोगिताको आज फ्लोरोसेन्ट माध्यमिक विद्यालय,टोखा ८ को प्रांगणमा उद्घाटन भएको हो । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रने प्रतियोगिताको नगर प्रमुख प्रकाश अधिकारीले बिरुवामा पनि सिंचित गर्दै ओलम्पिक ल्याम्प प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।नगर प्रमुख प्रकाश अधिकारी को सभापतित्वमा भएको उद्घाटन समाहरोहमा नगरपालिकाका तर्फ बाट प्रशासकिय अधिकृत शेर बहादुर बि. सी., शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख बाबुराम गौतम लगायत नगरका जनप्रतिनिधिहरु साथै बिद्यालयका शिक्षक एबं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । मंसिर ३० गतेबाट सुरु भएको प्रतियोगिता पुष ४ गते सम्म ...
अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

*
बिहीबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। गत मंगलबार डलरको भाउ १३३ रुपैयाँ ७४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य १ पैसा बढी हो। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ताेकेकाे विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर  १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १६ पैसा तोकिएको छ। बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५० पैसा तोकिएको छ। अघिल्लो दिन स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ११ पैसा तोकिएको थियो। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ २५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ६५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरि...

युटिएलसहित ३ कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज

प्रबिधी
नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले पुतलीसडक काठमाडौं ठेगाना भएको युटिएल, कोटेश्वर काठमाडौंको म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार ती तीनवटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् । युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्थ्यो । तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएक...
एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य

एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य

Uncategorized
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा २८ सयले मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको पनि बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला थियो । जुन, आज १४ सय ५५ रुपैयाँ कायम भएको छ ।...

काठमाडौँमा सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन

विचार, समाचार, संस्कृति
काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ । बुधवार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन् । बजार नभएको यो अवस्थामा महानगरले चालेको कदमले नेपालकै अर्थतन्त्रमा प्रभाव पर्ने कतिपय व्यापारीहरूको भनाई छ...
सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

विचार, समाचार, संस्कृति
अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१  नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा  अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको  प्रदेश ३( ०१( ००५ ख ९७०३ नम्बरको डिब्बा गाडीमा  ठक्कर  खाई दुर्घटना भएको हो । सवारी दुर्घटनामा संलग्न डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

मनोरन्जन, विचार, समाचार, संस्कृति
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।  अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको...

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

समाचार
काठमाडौँ। दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित

*
आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमबर्षा भएको छ ।  बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउँ जमेको छ ।शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४ः५० बजेपछि हिउबर्षा कम हुने जानकारी गराएको छ ।  चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई सङ्केत गर्दछ ।मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ ।...