लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता सहित टोखाको १६ दिने अभियान सम्पन्न
टोखा नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नारा सहितको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आज समापन गरेको छ ।लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाउदै र ७५ औ मानव अधिकार दिवस मनाउदै नगरपालिका ले आज एक बिशेष कार्यक्रम का साथ १६ दिने अभियान सम्पन्न गरेको हो ।
बिबिध कार्यक्रमका साथ नगरप्रमुख श्री प्रकाश अधिकारीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख श्री मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि.सी लगायत ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभाका सदस्य, शाखा प्रमुख र सम्पुर्ण कर्मचारी, वडा सचिव एवं नगरपालिका भित्रका सरोकार संघ संस्थाका पदाधिकारीहरु साथै बालसञ्जालका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
नगरपालिका को सभाहल मा सम्पन्न कार्यक्रमलाइ उद्घाटन गर्नुहुदै नगरप्रमुख अधिकारीले म कस...





