
टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गरि आज बाट अभियान को शुरुवात भएको हो ।
विष्णुमति नदिको मेरिगोल्ड पुलबाट आज शुरुवात गरिएको सरसफाई अभियानमा नगरप्रमुख, उपप्रमुख , प्रशसकिय प्रमुख, जनप्रतिनिधिज्युहरु, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नगरपालीका भित्र सरसफाई अभियानमा लाग्ने सरसफाई कर्मि तथा स्थानीय एबं नगरवासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
नगरपालिका कै एक मुख्य नदि विष्णुमति नदि भएकोले यसलाइ स्वच्छ, सफा बनाउने अभियान मा नगरबासी तथा सबैले जुटेर कार्य गर्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारी ले बताउनु भयो ।
यसै गरि नदि हाम्रो सभ्यता भएको ले यसलाई सरसफाई गर्नु अति नै आवश्यक रहेकोले विष्णुमति करिडोर र खोलालाइ सरसफाइ गर्न सबै लाइ संलग्न गराएर एबं सबै को स्वमित्व हुने गरि नगरपालिका अगाडी बढेको र थप छुट्टै टिम बनाएर समेत कार्य अगाडी बढाईने तथा निरन्त रुपमा अगाडी बढ्ने तयारीमा नगरपालिका रहेको प्रशासकीय अधिकृत शेर बहादुर बि सीले बताउनु भयो ।
करिडोर सडक निर्माण संगै बिष्णुमती खोला लाइ स्वच्छ र सफा बनाउन नगरबासी सबै लाइ सहभागी गराई अभियान मार्फत नगरपालिका लागि परेको छ ।साथै नदिमा फोहोर नाफलिदिनुहुन र सबै जुटेर बिष्णुमती लाइ स्वच्छ र सफा राख्न नगरपालीकाले सबैलाइ अनुरोध समेत गरेको छ ।

