जाजरकोटमा भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा
जाजरकोट I भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनामा क्षति पुगेपछि यति बेला खुला चौरमा सेवा सुरु गरिएको छ ।
दश शय्याको अस्पतालको रूपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।
गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताउनुभयो । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उहाँको भनाइ छ । जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो । भूकम्पको केन्द्रबिन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झन्डै चार किलोमिटरको दुरीमा पर्छ ।...




