Tuesday, April 21

Author: टोखा खबर

त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र युएई भिड्दै

त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र युएई भिड्दै

*, खेलकुद
त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। माथिल्लो मूलपानी मैदानमा विहान ११ बजे सुरू हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। सिरिजको पहिलो खेलमा यूएई नेपालसँग ७ विकेटले पराजित भएको थियो। त्यस्तै सिरिजको दोस्रो खेलमा हङकङ नेपालसँग ६ विकेटले स्तब्ध बन्दा तेस्रो खेलमा ७९ रनले हार बेहोरेको थियो। आयोजक नेपाल फाइनलमा पुगिसकेको छ। अब यूएई र हङकङमध्ये एक टोली मात्र फाइनलमा प्रवेश गर्नेछन्।...

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

मनोरन्जन, विचार, समाचार, संस्कृति
राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्प ६.१ म्याग्नेच्यूडको भएको जनाएको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो। खरी र मैदी जोडिएका गाउँ हुन्। भूकम्पको गहिराइ १३ किलोमिटर मापन भएको छ। त्यसकारण पनि शक्तिशाली झट्का महसुस भएको अधिकारीले बताए। भूकम्पको काठमाडौंलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। यसअघि युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले धादिङको मैदी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको थियो। पछिल्लो केही समय यता बझाङ केन्द्रविन्दु भएर भूकम्प गइरहेको थियो।...
चुम्बनबाट मानिस लाइ हुने फाइदा

चुम्बनबाट मानिस लाइ हुने फाइदा

#
जब तपाइँ तपाइँले मनपर्ने व्यक्तिलाई चुम्बन गर्नुहुन्छ, यसले तपाइँको पार्टनरलाई राम्रो महसुस मात्र गर्दैन तर तपाइँको सम्बन्धलाई पनि बलियो बनाउँछ।चुम्बन गर्नुका धेरै स्वास्थ्य लाभहरू पनि छन् । उदाहरणका लागि, यदि तपाईलाई टाउको दुखेको छ भने, तपाईको पार्टनरको चुम्बनले तपाईलाई यसबाट राहत प्रदान गर्न मद्दत गर्दछ। त्यसैगरी, चुम्बनका अन्य धेरै स्वास्थ्य लाभहरू पनि छन्, जसलाई हामि यहाँ प्रस्तुत गर्दै छौ । तपाईंको धमनीहरू स्वस्थ हुन सक्छ एक अध्ययनले धेरै पटक चुम्बन गर्ने मानिसहरूमा कोलेस्ट्रोलको स्तर कम भएको पत्ता लगाएको छ। जब तपाइँ चुम्बन गर्नुहुन्छ, तपाइँको शरीरले अधिक अक्सिटोसिन उत्पादन गर्न थाल्छ। यो हार्मोनले तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ, जसले उच्च कोलेस्ट्रोल स्तरमा योगदान गर्न सक्छ। यसबाहेक, चुम्बनले रक्तचाप कम गर्न पनि मद्दत गर्दछ। तपाईंको एलर्जी प्रतिक्रिया कम तीव्र हुन सक्छ चुम...
टोखा न पा – १ को टोल स्तरीय फुटबल प्रतियोगितामा ( साविक वडा -६ )झोर बिजयी

टोखा न पा – १ को टोल स्तरीय फुटबल प्रतियोगितामा ( साविक वडा -६ )झोर बिजयी

#, खेलकुद, श्रव्यदृश्य
टोखा नगरपालिका. वडा नं १ को आयोजना र लालबारी युवा समुहको सह-आयोजनामा असोज १७ गते देखि सञ्चालन भएको टोखा-१ झोरको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी साविक वडा ६ झोरले चुमेको छ । टोखा-३ भुत खेल चौरमा सम्पन्न प्रतियोगितामा साविक वडा ४ (जहाँनीया गाउँ र गैरीगाउ) लाई ३-१ ले पराजित गर्दै साविक वडा ६ झोर बिजेता बनेको हो । खेलको २९ औ मिनेटमा साविक वडा ६ झोरका आदर्श लामाले पहिलो गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा टुङ्गिएको खेलको दोस्रो हाफको ४४ औ मिनेटमा आत्मघाती गोल भएपछी साविक वडा ६ झोरले अग्रता दोब्बर बनाएको थियो । खेलको ५९ औ मिनेटमा पुन आदर्श लामाले टिमको लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । खेलको अन्तिम समयतिर साविक वडा ४ का अनिल अधिकारीले १ गोल फर्काउनु भएको थियो । प्रतियोगितामा कुल ३ गोल गरेका आदर्श लामाले गोल्डन बुटको उपाधी हासिल गरे भने बेस्ट प्लेयरको उपाधी साविक...

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार,अब खतरामुक्त

विचार, समाचार
काठमाडौं, कात्तिक २ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो । त्यसपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।आज बसेको मन्त्री परिषदको बैठकमा उहाँको स्वास्थ्यबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, ‘‘उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त हुनुहुन्छ र बोल्न थाल्नु भएको छ ।’’ यसैबीच ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ ले बिहीबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गर्दै उहाँको स्वास्थ्यमा सुधार आएको जनाएको छ । उहाँको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ। श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहनुभएको र उहाँ स्थिर अत्यावश्यक संकेतहरूका साथ...
त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक

त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक

खेलकुद, मनोरन्जन, विचार
काठमाडौं, कात्तिक २ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ । विश्वकप टि–२० छनोटको तयारीअनुरुप यो शृङ्खला भइरहेको छ । नेपालले एक दिनअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई सात विकेटले पराजित गरेको थियो । यस नतिजासँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले अब शनिबार पुनः हङकङ र सोमबार युएइविरुद्ध खेल्नेछ । तीनै टिमले एकअर्काविरुद्ध दुई पटक खेलेपछि शीर्ष दुई टिमबीच अक्टोबर २७ मा फाइनल हुनेछ । मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टिम हङकङ १९.३ ओभरमा ९४ रनमै अलआउट भएको थियो । नेपालले सामान्य लक्ष्य १३.५ ओभरमा नै चार विकेटको क्षतिमा ९९ रन बनाएर हासिल गर्‍य ाे । कप्तान रोहितले छक्का प्रहार गरी खेल समाप्त पार्नुभयो । एक दिनअघि रोहितले युएइविरुद्धको खेलमा पनि विजयी चौकार प्रहार ग...

अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना

विचार, समाचार
काठमाडौँ- चीनमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी पर्नुभएको छ । छातीमा समस्या देखिएपछि गए राति उहाँलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको पनि प्रेस सल्लाहकार गिरिलेे बताउनुभयो ।। उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’ भएको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको छ । चीनको वेइजिङमा बिआरआई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन उहाँ चीन जानुभएको हो ।।...
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प जाने क्रम जारि

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प जाने क्रम जारि

कृषि, विचार, समाचार
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।...
गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु

गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु

*, विचार
गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । “ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएका छन्,“ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् । आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ । इजरायल र प्यालेस्टाइनी लडाकूसमूहले मङ्गलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।।...
नेपालमा यस वर्षको मन्सुन आजदेखि बाहिरियो

नेपालमा यस वर्षको मन्सुन आजदेखि बाहिरियो

कृषि, विचार, समाचार
काठमाडौँ। नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियोे । यसैबीच, पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...