संसद्को भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक: राष्ट्रपति पौडेल
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन र विधिको शासनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ । यसका लागि सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति कार्यालयमा आज भएको अन्तर व्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीयता, सुशासन र विधिको शासनलाई मजबुत बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति जवाफदेही बनाउने गरी संसद्को भूमिकालाई प्रभावकारी बनाउने जिम्मेवारी तपाईंहरूको काँधमा छ ।”
उहाँले केही महत्वपूर्ण निर्माण कार्यमा ढिलाइ भएको र संसद्मा जनसरोकारका विषयमा पर्याप्त छलफल नभएको भन्ने गुनासो बाहिर आइरहेको उल्लेख गर्दै संसद्लाई जनताको सार्वभौम आवाज व्यक्त हुने थलोका रूपमा विकास गर्न सरकारलाई सुझाव दिनुभयो । “संसदीय अभ्यासबाट सिकेका कुरालाई आत...










