Tuesday, May 26

समाचार

३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

बिशेष, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल टङ्गालस्थित आयोगको कार्यालयमा आयोजित कार्यक्रममा सहभागि हुँदैछन् । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ ।...
सर्लाहीका ४७ जना उखु किसान सम्मानित

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

कृषि, गतिविधि, समाचार
इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो । विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयो । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयो । नगरपालिका...
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

समाचार
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न पाँच बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाउनुभएको हो । बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्ने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दलहरूले सरकारलाई सफल बनाउने उद्देश्यले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन् ।...
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

समाचार
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट लगभग २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण–रहेको छ। यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ। राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरूमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ, जबकि केही देशहरूमा चेतावनी रद्द गरिएको छ। केम्यान टापु सरकार भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्न आग्रह गरेको छ। यूएसजीएसका अनुसार, यो स्थानमा यस्ता ठूला भूकम्पहरूको आवागमन अस्वाभाविक होइन। यसअघि सन्...
तुलसीपुरमा भरुवा बन्दुक पड्केर एक बालकको मृत्यु

तुलसीपुरमा भरुवा बन्दुक पड्केर एक बालकको मृत्यु

समाचार
दाङको  तुलसीपुरमा  गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा भुवनका दाजु १० वर्षीय शिशिर केसी र ६२ वर्षीय बाजे भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा पड्किदा भाइलाई गोली लागेर मृत्यु भएको हो । प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, चार वटा गोली, ३२८ थान छर्रा समेत बरामद गरेको घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटिएको बताउनुभयो ।...
दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाइ  कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गरि कार्य गर्न आग्रह गर्नुभएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यकरूपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गर्नुभएको हो । “तपाईँहरू जनताको अपेक्षा अनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शीरमा राखेर काम गर्नुस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै तस्कर, भ्रष्ट र ठगहरूमाथि अनुसन्धान गर्दा उल्टै उनीहरूका ठुला कुरा र हप्की सुन्नुपर्ने अहिलेको प्रवृत्ति पनि प्रभावित हुनुहु...
चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

समाचार
चितुवाको आक्रमणबाट बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए । नेपाल-भारत सीमा क्षेत्रमा उहाँ बाख्रा चराउन जानु भएको र विहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो।’ डिएसपी मगरका अनुसार स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको थियो ।...
महिला टी–२० शृङ्खलामा नेपालको लगातार छैटौं हार : थाइल्याण्डले उचाल्यो उपाधि

महिला टी–२० शृङ्खलामा नेपालको लगातार छैटौं हार : थाइल्याण्डले उचाल्यो उपाधि

खेलकुद, समाचार
नेपालको घरेलु मैदानमा जारी महिला टी–२० शृङ्खलाको उपाधि थाइल्याण्डले जितेको छ। अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो। थाइल्याण्ड शृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्षस्थानमा रह्यो। यस्तै नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो। नेपाल भने प्रतियोगितामा अङ्कविहीन रह्यो। नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो। नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोज्नुभएको थियो। नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो। नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन ...
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

समाचार, स्वास्थ्य
बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना हुनै फैसला गरेको छ । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई सो सजाय तोकेका हुन् । पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ । राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए । माघ १० मा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो ।...
नगर प्रमुखकाे सक्रियतामा टोखामा  सार्वजनिक जग्गा संरक्षण

नगर प्रमुखकाे सक्रियतामा टोखामा सार्वजनिक जग्गा संरक्षण

टोखा खबर, समाचार
नगर प्रमुखकाे सक्रियतामा टोखामा सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य तिब्र रुपमा भइरहेको छ ।आज बिहान  बसुन्धारा इसान अस्पताल क्षेत्रमा रहेको १०.५ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य सक्रिय रुपमा भयको हो  । लामो समयदेखि विभिन्न व्यक्ति र कवाडी व्यवसायीहरुले सो जग्गा प्रयोग गर्दै आइरहेका थिए । माघ २४ गतेसम्मको समय दिएर घर टहरा तथा कवाडी हटाउन नगरपालिकाले यसभन्दा अगाडी अन्तिमपटक पत्राचार गरेको थियो । आज बिहान नगर प्रहरी, नेपाल प्रहरी, स्थानीय जनता र जनप्रतिनिधिहरुको सक्रियतामा जग्गा खाली गराएर चारैतिर तारबार लगाउने कार्य सुरु भएको हाे ।स्थानीयहरुले सार्वजनिक जग्गामा भएको घर-टहरामा डोजर लगाई हटाउन र सार्वजनिक जग्गा संरक्षण गर्न बारम्बार नगरपालिकालाई अनुरोध गर्दै आएका थिए । टोखा ५ का वडाअध्यक्ष मदनकुमार गुरुङकाअनुसार कुनैपनि घर-टहरा र अस्थायी संरचना सरकारी जग्गामा राख्न नदिने र आव...