अछाममा फूपुभदैनी नाता पर्ने दुई जना किशोरीको हत्या
अछाममा फूपुभदैनी नाता पर्ने दुई जना किशोरीको हत्या गरेको खुलेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो ।
यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ ।
पक्राउ परेकाहरूलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरूले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी ग...










