Saturday, January 24

Author: टोखा खबर

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

#, समाचार
काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।...
सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

समाचार
सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय रोकश कुमार छन् । उनीबाट ३५४ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई आइतबार राति साढे ९ बजे पक्राउ गरेको हो । उनी रुपदेन्हीको सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमार्फत काठमाडौं आउँदै थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।...
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

समाचार
लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो। मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो । भूकम्पको झड्काले झसङ्ग बनाएको स्थानीयवासीले बताएका छन्। यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प गएका छन् । यसअघि २०७८ जेठ ५ गते बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका८ भुलभुले केन्द्रबिन्दु भएर गएको ५.८ म्याग्निच्यूड स्केलको भूकम्पले मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिकाका करिब एक हजार घर पूर्णरूपमा क्षति भएका थिए । सो भूकम्पले दुई हजार घरमा आंशिक क्ष...
महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

गतिविधि, समाचार
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरू गठन गरेको छ । सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमितिका परिषद् सदस्य राजकुमार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए । फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाइको व्यवस्था समेत गरेको उनको भनाइ छ । उनले भने ‘२०८१ साल फागुन १४ गते बुधवार २६ फेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान् पर्व शिवरात्रि पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरूको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्...
लागूऔषधसहित दुई जना नियन्त्रणमा

लागूऔषधसहित दुई जना नियन्त्रणमा

समाचार
सशस्त्र प्रहरी बलले काठमाडौँको  गोकर्णेश्वर नगरपालिका-६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक लागूऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । एपिएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।...
कैलालीमा १३ वर्षीया बालिका बलात्कार गर्ने  २ जना पक्राउ

कैलालीमा १३ वर्षीया बालिका बलात्कार गर्ने २ जना पक्राउ

समाचार
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने २ जनालाइ  पक्राउ गरियको छ  । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको बोहराले बताए ।...
३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

बिशेष, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल टङ्गालस्थित आयोगको कार्यालयमा आयोजित कार्यक्रममा सहभागि हुँदैछन् । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ ।...
सर्लाहीका ४७ जना उखु किसान सम्मानित

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

कृषि, गतिविधि, समाचार
इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो । विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयो । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयो । नगरपालिका...
एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

गतिविधि
एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमी बसुन्धराले आफ्नो १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सफलतापूर्वक सम्पन्न गरेको छ।बिशिस्ट अतिथिहरु तथा अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम माघ २६ गते शनिबार विद्यालय प्राङ्गणमा बिहान १०:३० बजे देखि सुरु भएको थियो। २० औ बर्ष मा प्रवेश गरेको एकेडेमीको समारोहमा का.म.न.पा. ३ का वडा अध्यक्ष प्रेम थापा , काठमाडौं महानगरपालिका शिक्षा विभाग का विभागीय प्रमुख गोविन्द प्रसाद शर्मा र कार्डियाक सेन्टर काठमाडौं का संस्थापक एबं मुटुरोग बिशेषज्ञ डा. ओममूर्ति अनिल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्नु हुदै वडा अध्यक्ष प्रेम थापा नैतिक तथा ब्यबहारिक शिक्षा आजको आवस्यकता रहेको कुरा बताउनु भयो । समाहरोहमा उपस्थित का.म.न.पा. शिक्षा विभाग प्रमुख गोविन्द प्रसाद शर्माले उपयुक्त तरिकाले बिद्यार्थीहरुले शिक्षा हासिल गर्न शिक्षकले दिनु भ...
दुइ  दिने कार्यक्रम गर्दै  एसिया प्यासिफिक स्कूलको तेस्रो अभिभावक दिवस  सम्पन्न

दुइ दिने कार्यक्रम गर्दै एसिया प्यासिफिक स्कूलको तेस्रो अभिभावक दिवस सम्पन्न

गतिविधि, टोखा खबर
काठमाडौँको टोखा-६ मा रहेको एसिया प्यासिफिक स्कुलले तेस्रो अभिभावक दिवस सम्पन्न गरेको छ । २५ र २६ गते दुइ  दिन बिबिध कार्यक्रम गर्दै  स्कुलले अभिभावक दिवस सम्पन्न गरेको हो । २५ गते पहिलो दिन नर्सरी देखि कक्षा ३ सम्मको अभिभावक दिवसको कार्यक्रम गरेको  थियो भने कक्षा ४ देखि १२ सम्मको अभिभावक दिवस को कार्यक्रम  दोस्रो दिन २६ गते शनिवार गरेको  थियो । अभिभावक दिवसको दुइ दिने कार्यक्रममा बालबालिकाहरूका नाटक, नृत्य तथा विभिन्न गतिविधि प्रस्तुत भएका थिए ।  सोहि कार्यक्रममा डा. राजु अधिकारीद्वारा लिखित "बनौँ संस्कारी" पुस्तकको लोकार्पण समेत भएको थियो । पहिलो दिन अभिभावक दिवसका अवसरमा बोल्दै साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी डा. नवराज लम्सालले बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि विद्यालयसँगै अभिभावकहरूको पनि भूमिका महत्त्वपूर्ण हुने बताएका थिए । दोश्रो दिनको कार्यक्रममा उपस्थित स्वास्थ्य तथ...