Wednesday, October 28

समाचार

तीन दिवसिय कार्यक्रम सहित बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

तीन दिवसिय कार्यक्रम सहित बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

समाचार
बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न भएको छ । तीन दिवसिय कार्यक्रमको आयोजना गरिएकोमा पहिलो दिनको कार्यक्रम योग जागरण र रक्तदान गर्न उत्प्रेरित गर्नका साथै दसौं अतर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा गरिएको प्रभातफेरि ता. न .पा  पतंजली योग समितिका अध्यक्ष चन्द्र सापकोटाबाट शुभारम्भ भएको थियो ।उक्त प्रभातफेरीमा सातवटा योग साधना केन्द्रका साधाक साधिका स्थानीयवासी स्थानीय प्रहरी , संचारकर्मीहरु उपस्तिथिमा भव्य रुपमा सम्पन्न भएको हो  । दोस्रो दिनको कार्यक्रम अन्तरगत असार ७ गते वार्षिकोत्सबका दिन ता.न.पा ४ को वडा सदस्य बिन्दु थापा सापकोटाको प्रमुख आतिथ्यमा योग अभ्यास, योग आसन खेलकुद , रचना वाचन , योग र दर्शनको प्रवचन , साथमा विभिन्न विशिष्ट व्यक्तिहरुको शुभकामनाकासाथ सम्पन्नभएको हो । तेस्रो दिनको असार ८ को कार्यक्रम अन्तरगत वृहत् रक्तदानको आयोजना गरिएकोमा तारकेश्र्वर न पा...
शैक्षिक गुणस्तर सुधारको लागि प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम

शैक्षिक गुणस्तर सुधारको लागि प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम

समाचार, स्वास्थ्य
शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ ।  शैक्षिक गुणस्तर सुधार केन्द्रित बृहत् शैक्षिक सम्मेलन सम्पन्न गरेको केही समयपछि गाउँपालिकाले क्षमता विकास तालिम सञ्चालन गरेको हो । शैक्षिक गुणस्तर सुधारको योजनालाई मूर्त रूप दिन दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।  अध्यक्ष वनेमका अनुसार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षलाई सहभागी गराई तालिम सञ्चालन गरिएको हो ।  तालिम अर्थात् गोष्ठीमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय सरकारले साथ दिने र स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभावक...
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

समाचार, संस्कृति
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।...
बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

मनोरन्जन, विचार, समाचार
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक विवरण अनुसार दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी विभिन्न अस्पताल पुर्याएको छ । घटनास्थलमा उद्धारको काम जारी रहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताउनुभयो । उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् । बिहीबार बिहान ६ः३० बजेतिर बागमती नगरपालिका १ स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बस र सोही स्थानमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक (लहरी) ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको छ । तीनै जनाको घटनास्थलमा नै म...
छ केजी सुन र ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिक पक्राउ

छ केजी सुन र ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिक पक्राउ

अर्थ, समाचार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन र  स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई काठमाडौँ–६, बौद्ध तीनचुली बाट पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो । यसै क्रमम...
भेरी नदिमा बगेर एक बालक बेपत्ता

भेरी नदिमा बगेर एक बालक बेपत्ता

मनोरन्जन, विचार, समाचार, संस्कृति
भेरी नदिमा बगेर जाजरकोटका एक बालक  बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा  १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन । स्थानीय गणेश सिंहका अनुसार जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलनको  २ दिन अघि भेरी नदिमा बगेर  बेपत्ता भएको  र स्थानीय तथा प्रहरीको टोलीले खोज्दा समेत हाल सम्म शव प्राप्त गर्न नसकेको जानकारी दिनु भयो । जाजरकोटमा बर्सेनि भेरी नदिमा डुबेर ३० , ४० जना नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बर्सेनि ठुलो सङ्ख्यामा नागरिकहरू भेरी नदिमा डुबेर ज्यान गुमाउने समस्या समाधानका लागि पूर्व तयारी गर्नु पर्ने बताउनु हुन्छ ।...
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा  राष्ट्रिय परिचयपत्रलाई अनिवार्य

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य

प्रबिधी, विचार, समाचार
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए। अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका तथा वडास्तरमा अभियान सञ्चालन गरिरहेको छ। उनका अनुसार विवरण दर्ता भइरहेको छ। पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुष...
पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

मनोरन्जन, विचार, समाचार, संस्कृति
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो । पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ...
अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजना पक्राउ

अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजना पक्राउ

समाचार
रुपन्देही- फार्मेसीमा बसेर अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३, रानिगाउँबाट संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो । आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययन भन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्व...
भन्सार छली गर्ने नौ जना सामानसहित पक्राउ

भन्सार छली गर्ने नौ जना सामानसहित पक्राउ

अर्थ, समाचार
काठमाडौँ- प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झ...