Wednesday, May 27

समाचार

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

*, विचार, समाचार
काठमाडौँ I दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुबईको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताउनुभयो । उहाँले भन्नुभयो, “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह...
भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले सरकारले राहत दिने

भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले सरकारले राहत दिने

विचार, समाचार, संस्कृति
काठमाडौँ, कात्तिक १९ ।  जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले नेपाल सरकारले राहत दिने निर्णय गरेको छ ।  आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।...

टि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

खेलकुद, समाचार
काठमाडौं- टि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टि-२० विश्वकप खेल्न एशिया क्षेत्रबाट छनोट भएका यी दुवै टोली आज उपाधिका लागि भिड्न लागेका हुन् । नेपालको आफ्नै मैदानमा भइरहेको छनोट खेलबाट आयोजक नेपाल र पाहुना टोली ओमान विश्वकप खेल्न छानिएका हुन् । यो खेल ११ बजे किर्तिपुरस्थित टियु मैदानमा हुनेछ । समूह चरणमा एकै समूहमा रहेका नेपाल र ओमानबीच जारी प्रतियोगितामै भएको खेलमा नेपाल ५ रनले पराजित भएको थियो । नेपाल र ओमान सहित युएइ, मलेसिया, सिंगापुर, हङहङ, कुवेत र बहराइन सहभागी रहेको छनोट खेलको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । अब आजको खेल जित्दै विजेता बनेर विश्वकप खेल्न जाने लक्ष्य दुवै टोलीको छ । टि-२० विश्वकप खेल्ने २० टोलीहरु मध्ये १८ टोलीको छनोट भइसकेका छन् भने यसै महिन...
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मनोरन्जन, विचार, समाचार, संस्कृति
१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए । भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत रकमको विषयमा सोधिएको प्रश्नमा भने उनले स्पष्ट जानकारी दिएनन् । ‘पहिले तीन लाख रुपैयाँ दिइएको थियो । त्यसलाई थप गर्ने प्रस्ताव छ । तर टुंगो लागिसकेको छैन,’ उनले भने । विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उनले कस्तो खालको सहयोग लिने भनेर सरकारले मापदण्ड बनाउने बताए ।...
टोखाको  पानी उद्योगमा सरकारी अनुगमन टोली द्वारा  शिलबन्दी

टोखाको पानी उद्योगमा सरकारी अनुगमन टोली द्वारा शिलबन्दी

टोखा खबर, मनोरन्जन, समाचार
काठमाडौं  टोखाको  एक पानी उद्योगमा सरकारी अनुगमन टोलीले आज  शिलबन्दी गरेको छ । टोखा नगरपालिका चक्खुस्थित  कञ्चनजंघा न्याचुरल स्प्रिङ मिनरल वाटर नामको पानी उत्पादन गर्ने उद्योगमा टोलीले शिलबन्दी गरेको हो । अनुगमन टोलीले प्रशोधन कक्षको दुईवटा ढोकामा शिलछाप गरि उत्पादन कक्ष बन्द गरिदिएको छ । उद्योगको दर्ता बिनानै पिउने पानी उत्पादन गर्ने गरेको, दर्ता प्रमाण पत्र र संचालक फेला नपरेको, जार भर्ने धारामा कपडा लगाइएको उद्योग भौतिक पुर्वधार प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका अनुसार नपाईएकोले शिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जानकारी दिएको छ । अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वय रहेको थियो । मंगलबारबाट अनुगमनमा होमिएको टोलीले काठमाडौंको ५ वटा पानी उद्योग अनुगमन गरिसकेको छ ।...

राष्ट्रपति पौडेलबाट पलान्चोक भगवतीको दर्शन

विचार, समाचार, संस्कृति
राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेको पाँचखालस्थित पलान्चोक भगवतीको पूजा गरेका छन् । उनी महाअष्टमीको दिन बिहानै श्रीमती सवितासँगै पाँचखाल पुगेका थिए । बडादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ ।...

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

मनोरन्जन, विचार, समाचार, संस्कृति
राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्प ६.१ म्याग्नेच्यूडको भएको जनाएको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो। खरी र मैदी जोडिएका गाउँ हुन्। भूकम्पको गहिराइ १३ किलोमिटर मापन भएको छ। त्यसकारण पनि शक्तिशाली झट्का महसुस भएको अधिकारीले बताए। भूकम्पको काठमाडौंलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। यसअघि युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले धादिङको मैदी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको थियो। पछिल्लो केही समय यता बझाङ केन्द्रविन्दु भएर भूकम्प गइरहेको थियो।...

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार,अब खतरामुक्त

विचार, समाचार
काठमाडौं, कात्तिक २ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो । त्यसपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।आज बसेको मन्त्री परिषदको बैठकमा उहाँको स्वास्थ्यबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, ‘‘उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त हुनुहुन्छ र बोल्न थाल्नु भएको छ ।’’ यसैबीच ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ ले बिहीबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गर्दै उहाँको स्वास्थ्यमा सुधार आएको जनाएको छ । उहाँको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ। श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहनुभएको र उहाँ स्थिर अत्यावश्यक संकेतहरूका साथ...

अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना

विचार, समाचार
काठमाडौँ- चीनमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी पर्नुभएको छ । छातीमा समस्या देखिएपछि गए राति उहाँलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको पनि प्रेस सल्लाहकार गिरिलेे बताउनुभयो ।। उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’ भएको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको छ । चीनको वेइजिङमा बिआरआई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन उहाँ चीन जानुभएको हो ।।...
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प जाने क्रम जारि

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प जाने क्रम जारि

कृषि, विचार, समाचार
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।...