प्रादेशिक अस्पताल नबनाएको भन्दै ओखलढुङ्गामा मतदान बहिष्कार
ओखलढुङ्गा, फागुन २१ गते । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा बिहान ८:३० बजेसम्म एक जना पनि मतदाताले मतदान गरेका छैनन्। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नहुँदा बिहानको समय शून्य मतदानमा बितेको हो।
मतदान अधिकृत पर्वासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षा व्यवस्था लगायत सबै तयारी अवस्थामा रहेका छन्। तर स्थानीय स्तरमा देखिएको असन्तुष्टिका कारण मतदाता उपस्थित नभएको जनाइएको छ।
स्थानीयका अनुसार टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भए पनि निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको हो।
यस विषयलाई लिएर स्थानीय माधव ढुङ्गानाको नेतृत्वमा सङ्घर्ष समिति गठन गरिएको छ। समितिले अस्पताल निर्...









