Wednesday, October 28

समाचार

चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

खेलकुद, विचार, समाचार
नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटीले चितवन एफसीलाई हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित चितवनलाई ३–१ गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता लिएको थियो । गोलमा इमोह एजेकेल, दिनेश हेमजन र इबुकेबेबीच राम्रो तालमेल मिलेको थियो । एजेकेलले बायाँ भागबाट दिनेशलाई पास दिए । दिनेशले दिएको पासमा सिक्स यार्ड बक्समा रहेका इबुकेबेले वान टच गोल गरे ।...

नगर प्रमुखको फर्जी हस्ताक्षरमा मल सिफारिस

विचार, समाचार, संस्कृति
सप्तरीको खडक नगरपालिकाको एक सहकारीले नगर प्रमुखको फर्जी हस्ताक्षर गरी सिफारिस बनाएर मल सप्लाइ गरेको छ । खडक नगरपालिका –११ बनौलीको सहकारी संस्था लिमिटेडले नगरपालिकाको नगर प्रमुख जयप्रकाश चौधरीको हस्ताक्षर किर्तेगरी कृषि सामग्री कम्पनी राजविराजबाट एकसय ३० बोरा डिएपी र १२ बाेरा युरिया मल लगेको पाइएको छ । नगरपालिकाले वडा ४ को डिलर रहेको मञ्जुश्री सहकारीलाई मङ्सिर १७ गते नै सिफारिस गरिसकेको एकसय १४ बोरा मलखादकै कोटामा सहकारी लिमिटेड बनौलीका सञ्चालक रामप्रकाश शरण चौधरीले नगरपालिकाको फर्जी लेटर प्याड, छाप प्रयोग गरी नगर प्रमुखको नक्कली हस्ताक्षर गरी मलखाद लगिएको बताउनुभयो । आफ्नो कोटाअनुसार नगरले गरेको १७ गतेको सिफारिस लिएर पाँच दिनपछि शुक्रवार मल लिन कृषि सामग्री कम्पनी पुग्नुभएका मञ्जुश्री सहकारीका सञ्चालक सन्तोषकुमार साहलाई त्यहाँको कार्यालय प्रमुख सोनेलाल मुरमुरले खडकको कोटा सकिसकेकाले मल न...

संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान

मनोरन्जन, विचार, समाचार
 भोलिदेखि भारतको पिथौरागढमा हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो।  यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ।  ...
कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा

कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा

विचार, समाचार, संस्कृति
तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने पुरुष रिव्दीकोट–३, मालमुल बस्ने वर्ष ६७ का होमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  मङ्सिर ५ गते घरमा केही जानकारी नदिइ खत्री बेपत्ता हुनुभएको थियो । खत्री बेपत्ता भएलगत्तै खोजी कार्य गरिएकोमा बिहीबार बेलुकी ४ बजेतिर कालीगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । ...
कञ्चनपुरमा हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

कञ्चनपुरमा हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

विचार, समाचार, संस्कृति
कञ्चनपुरमा महिलाको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती छन्।उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको प्रहरीले जनाएको छ। लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पस...

बल्खुमा ५ राउण्ड रबरको गोली र १५७ सेल अश्रुग्याँस प्रहार : प्रहरी

विचार, समाचार, संस्कृति
बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहले गरेको शक्ति प्रदर्शनमा झडप हुँदा प्रहरीले ५ राउण्ड रबरको गोली चलाएको छ । प्रदर्शनकारीसँग झडप हुँदा ५ राउण्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताउनु भयको छ  । प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का समर्थक र प्रहरीको बिचमा बिहीबार दिउँसो बल्खु चोकमा दुईपटक झडप भएको थियो । झडपमा प्रहरीले १५७ सेल अश्रुग्याँस प्रहार गरेको छ । करिब १२ बजेतिर बल्खुबाट कुलेश्वर तर्फ आउन खोजेको भिडलाई रोक्न खोज्दा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका एसएसपी मैनालीले जानकारी दिए । घाइते सुरक्षाकर्मीलाई उपचारका लागि प्रहरी अस्पतालमा भर्ना गरिएको छ । आन्दोलनकारी तर्फ २३ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जना आन्दोलनकारी उपचार पश्चात् ड...

पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई साढे चार महिना कैद

विचार, समाचार, संस्कृति
पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई आफ्नै वडाका वडा सदस्यलाई जातीय विभेद गरेको अभियोगमा  कैद र जरिवाना हुने फैसला भएको छ।  जिल्ला अदालत कास्कीले बिहीबार अधिकारीलाई तीन महिना कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको हो। सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था अनुसार अधिकारीलाई ५० प्रतिशत सजाय थप हुनेछ। आफूमाथि विभेद गरेको दाबी गर्दै पोखरा २४ की वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दर्ता गराउनुभएको थियो। जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन अनुसार तीन महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो।  ०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुट्नुभएका अधिकारीलाई न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले यस्तो सजाय हुने फैसला सुनाएको हो। अब अध...

भारतबाट ल्याइएका मुर्रा राँगा नेपाललाई हस्तान्तरण

विचार, समाचार
भारत सरकारले नेपाललाई उपहार दिएको मुर्रा जातको राँगालाई विहीबार भारतीय अधिकारीले नेपालका अधिकारीलाई हस्तान्तरण गरेका छन् । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानका वरिष्ठ पशु चिकित्सक डा. राजेश कुमारले राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्याललाई नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोष्ट अन्तर्गतको होल्डिङयाडमा विहीबार मुर्रा राँगा हस्तान्तरण गर्नुभयो । बुधवार अपरान्ह ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा राँगा लोड गरेर पुगेका ट्रकलाई विभिन्न कागजपत्र नभएको भन्दै साढे चार घण्टासम्म रोकि राति अबेर मात्र नेपाल प्रवेश गर्न दिइएको थियो । विहीबार राँगा हस्तान्तरण गर्दै भारतीय पशु चिकित्सक राजेश कुमारले मुर्रा राँगाले भैंसीको नस्ल सुधारमा क्रान्ति ल्याउने बताउनुभयो । सो अवसरमा राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्...

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद

मनोरन्जन, विचार, समाचार
जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो । उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् । आरोपितमध्ये हरि आचार्य हाल अमेरिकामा छन् । अरु आरोपितहरुले अदालतको तारेख गुजारेर बसेका थिए । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । ‘मैले ढिलै भएपनि न्याय पाएको छु’, उपप्राध्यापक चलाउनेले भने, ‘ममाथि जुन ढंगले सांघातिक आक्रमण भयो, अरु कसैले यस्तो पीडा भोग्नु नपरोस् ।’ २० असोज २०७७ मा कीर्तिपुरस्थ...
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

प्रबिधी, मनोरन्जन, विचार, समाचार
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।...