Thursday, May 28

समाचार

नेपालमा यस वर्षको मन्सुन आजदेखि बाहिरियो

नेपालमा यस वर्षको मन्सुन आजदेखि बाहिरियो

कृषि, विचार, समाचार
काठमाडौँ। नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियोे । यसैबीच, पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
आजबाट नयाँ नोट सटही सुविधा सुरु

आजबाट नयाँ नोट सटही सुविधा सुरु

विचार, समाचार
काठमाडौँ, असोज २९ । दसैँ तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैङ्कले जनाएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।...

काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो

विचार, समाचार
असोज २९ । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।” पुर्याए चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका...
दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ समय ११ देखि ३ बजेसम्म

दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ समय ११ देखि ३ बजेसम्म

मनोरन्जन, समाचार
काठमाडौँ — सर्वोच्च अदातलमा दसैंको अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रत्येक दिन बिहान ११ देखि ३ बज‍ेसम्म हुने भएको छ । दसैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुन्छ । त्यसअवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुन्छ । सर्वोच्च अदातलले आइतबार सूचना प्रकाशित गरी बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची तय गरेको छ ।...
टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ

टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ

टोखा खबर, समाचार
काठमाडौँ, २८ असोज । काठमाडौँको टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गरिएको छ ।टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्मित सो भवनको आज जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गर्नुभयो । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवाप्रवाह गर्न आग्रह गर्दछु,”– उहाँले भन्नुभयो । टोखा नगरपालिकाका प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको भन्दै सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले छरिए...

आगामी महिना राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको भ्रमणमा जानुहुने

विचार, समाचार
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जानुहुने भएको छ । जर्मनीको एकीकरण तथा जर्मनी-नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहिबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीक...
नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

*, मनोरन्जन, समाचार
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । इयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गर्नुभयो । सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । विसं २०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गर...
आज देखि सरकार द्वारा चाडपर्वलक्षित सहुलियत पसल संचालन

आज देखि सरकार द्वारा चाडपर्वलक्षित सहुलियत पसल संचालन

विचार, समाचार, संस्कृति
काठमाडौँ, असोज २१  । सरकार द्वारा आज देखि उपत्यकासँगै बाहिरी जिल्लामा चाडपर्वलक्षित सहुलियत पसल संचालन हुदै छन् ।  चाडपर्वमा उपभोक्तालाई राहत दिन विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन हुन लागेको  हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट  ट्रेडिङ   कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् ।  सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्न छुटको व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँतिहार, छठ पर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले बताउनुभ...

चेक बाउन्स का समस्या माथि कडा कानुन बन्दै

मनोरन्जन, समाचार
काठमाडौँ, असोज २१ ।  चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक जारी गर्ने अथवा भए पनि चेक साटिन पर्याप्त रकम नभएको अवस्था प्रमाणित भएमा त्यस्तो चेक जारी गर्नेलाई दुई वर्षसम्म जेल सजायको व्यवस्था गर्न लागिएको हो । चेक बाउन्सको अवस्थामा विगतमा स्पष्ट कानुनी व्यवस्था नभएको र पुराना कानुनका आधारमा समेत कारबाही चलाउनुपर्दा समस्या पर्दै आएको थियो ।  विधेयकले ऐनको दफा ३ मा खण्ड ‘क’ थप गरी “कसैले पनि आफ्नो बैङ्क खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानीजानी कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन,” भन...

टोखा नगरपालिकामा कर सप्ताह अभियान शुभारम्भ

टोखा खबर, समाचार
काठमाडौँ, १४ असोज।  टोखाको बिकास र संमृद्धिको आधार,दिगो र फराकिलो स्थानीय कराधार भन्ने मुल नारा सहित टोखामा प्रथम कर सप्ताह अभियान २०८० को आज बाट शुरुवात भएको छ । दैनिक फरक कार्यक्रम सहित कर सप्ताह अभियान आगामी असोज २० गतेसम्म संचालन हुनेछ । टोखाको भुतखेल मा आयोजित समुद्घघाटन समाहरोहमा बोल्दै नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उहाँले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा समेत जोड दिनुभयो । यसै गरि सप्ताह ब्यापी अभियानको समुद्घाटन समाहरोहमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो । उहाँले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो...