Tuesday, May 26

समाचार

दीपशिखा र शेर्पालीलाई प्रचण्डले बोलाए खुमलटार

दीपशिखा र शेर्पालीलाई प्रचण्डले बोलाए खुमलटार

गतिविधि, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई खुमलटार बोलाएका छन् । सर्वसहमतिबाट नेतृत्व चयनको विषयमा छलफल गर्न उनीहरूलाई खुमलटार बोलाइएको एक नेताले जानकारी दिए । नेतृत्वको छनोटको विषयमा आकाङ्क्षीले आ–आफ्ना अडान नछाडेपछि बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सहमतिबाट नै नेतृत्व चयन गर्ने जिम्मा दीपशिखा, शेर्पाली र अध्यक्षका प्रत्यासीलाई जिम्मा दिने निर्णय गरेको थियो । इन्चार्ज र निवर्तमान अध्यक्षलाई खुमलटार बोलाइएको छ । पार्टीले पनि सहमतिबाट नै निर्णय गर्न जिम्मा दिएकाले नेतृत्वबारे छलफल गर्न बोलाइएको हो  पदाधिकारी बैठकले स्पष्ट निर्णय गर्ने क्षमता भएका, ऊर्जाशील व्यक्तिलाई अध्यक्ष बनाउने गरी नाम प्रस्ताव गर्न निर्देशन दिएको थियो । अध्यक्ष पदका लागि केहरसिंह कुँवर...
चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प

चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प

ताजा अपडेट, समाचार
दक्षिणपश्चिम चीनको युनान प्रान्तको डालीको बाई स्वायत्त प्रान्तको एर्युआन काउन्टीमा बिहीबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ः३१ बजे भूकम्प गएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु २६.२६ डिग्री उत्तर अक्षांश र १००.०३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । एर्युआन काउन्टी, डाली शहर र हेकिङ काउन्टीमा भूकम्पको धक्का महसुस गरिएको थियो ।...
राष्ट्रपति  पौडेलद्वारा  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ।आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भएर उहाँले सो जात्रा अवलोकन गर्नुभएको हो। गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो। भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ। मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रू...
नेपालमा एक हप्तामा सात जनामा कोरोना संक्रमण,अधिकांश काभ्रे जिल्लाका रहेको पुष्टि

नेपालमा एक हप्तामा सात जनामा कोरोना संक्रमण,अधिकांश काभ्रे जिल्लाका रहेको पुष्टि

#, समाचार
पछिल्लो एक हप्तामा नेपालमा कम्तिमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका  अधिकांश काभ्रे जिल्लाका रहेका  छन्। धुलिखेलमा परीक्षणका क्रममा यी केसहरू पुष्टि भएका हुन्। संक्रमितहरूलाई टेकु अस्पताल ल्याइएको छ। स्वास्थ्य मन्त्रालयले यी केसहरू नयाँ भेरियन्ट हुन् वा भारत र चीनमा देखिएको पुरानै भेरियन्ट हुन् भन्ने बारेमा अहिलेसम्म पुष्टि गरेको छैन। सीमा नाका र हवाई नाकाहरूमा हेल्थ डेस्क राखेर परीक्षण तीव्र पारिएको छ। मन्त्रालयले थप परीक्षणपछि मात्र नयाँ भेरियन्ट हो वा होइन भन्न सकिने जनाएको छ। प्रारम्भिक अध्ययनले नयाँ भेरियन्ट नभएको संकेत गरेको छ। सतर्कता बढाइए पनि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले तत्काल डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । नियमित परीक्षण जारी छ, र सर्वसाधारणलाई सजग रहन तर आतंकित नहुन आग्रह गरिएको छ।...
लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने

लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने

समाचार
(रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ । मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो । उक्त दिन सुनुवाइ नसकिएपछि  मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर, बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो । यसअघि मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी नै छ । यस्तै पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट दायर मुद्दा समेत सँगै रहेकाले श्रेष्ठपछि उनका कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ ।  त्यसपछि पीडित र सरकारी वकिलले ...
स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु

स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु

ताजा अपडेट, समाचार
स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको स्विमिङ पुलमा डुबेका थिए। साथीहरूसँग पौडी खेल्न गएका निजलाई  डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।...
हावाहुरीले ३३ केभीको विद्युत टावर ढल्दा बाँकेमा विद्युत अवरुद्ध

हावाहुरीले ३३ केभीको विद्युत टावर ढल्दा बाँकेमा विद्युत अवरुद्ध

समाचार
बुधबार बिहान आएको हावाहुरी र वर्षाले कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइनको विद्युत पोल र टावरमा क्षति पुर्‍याएकाले बाँकेका विभिन्न स्थानको विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभीको टावर ढलेपछि कोहलपुर–नेपालगन्ज प्रसारण लाइन अवरुद्ध हुँदा जिल्लाको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएकोमा मर्मत सम्भार गरी अधिकांश स्थानमा विद्युत सुचारु गरिए पनि केही ठाउँमा अझै अवरुद्ध रहेको विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अनुसार विद्युत अवरुद्ध भएको केही घण्टामै तीव्र गतिमा काम गरेर खजुरा र ग्रामीण फिडर बाहेक अन्य क्षेत्रमा लाइन सुचारु गरिएको बताउनुभयो । प्रमुख लामिछानेका अनुसार क्षतिग्रस्त टावर मर्मतका लागि प्राविधिक टोली खटिएको छ । “३३ केभीको टावर ढलेको छ, त्यसको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ,” उहाँल...
१ हजार र ५ सय को नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

१ हजार र ५ सय को नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

अर्थ, समाचार
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने । गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।...
नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त

अर्थ, समाचार
नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त हुनुभएको छ । मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राडा पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्र बैङ्कका तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा हुनुभएको ४४ औँ  दिनमा केन्द्रीय बैङ्कले नयाँ गभर्नर पाएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहनुभएको थियो । सो समितिले प्राडा पौडेलसहित कामु गभर्नर डा. नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा रहनुभएका प्राडा पौडेलला...
२५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सगरमाथा संवाद सम्पन्न

२५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सगरमाथा संवाद सम्पन्न

बिशेष, समाचार
नेपाल सरकार द्वारा आयोजित सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । सरकार द्वारा पहिलो पटक आयोजना भएको सगरमाथा संवाद ले ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । पहिलो संस्करण को रुपमा जेठ २ देखि सुरु भएको सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर...