Monday, January 19

ताजा अपडेट

जापानिज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

ताजा अपडेट, समाचार, स्वास्थ्य
जिल्लाका तीन जनाले जापानिज इन्सेफलाइटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३  देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो । जापानिज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने उहाँले जानकारी दिँदै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी देख्ने जापानिज इन्सेफलाइटिसका लक्षण हुन् ।...
भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

गतिविधि, ताजा अपडेट, समाचार
रुकुमपश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदीमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुमपूर्व हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदीले सतर्कता तह पार गरेका हुन् । जल तथा मौसमविज्ञान विभागका अनुसार गएराति ठूलीभेरी नदीले खतरा तह पार गरेको थियो । बिहान भने तह केहि कम रहेको छ । रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार आइतबार बिहान ५ बजे ठूलीभेरी नदीको सतह ५.५५ मिटर रहेको थियो भने ८ बजे ५.३५ मिटर देखिएको छ । अहिले सतह केही कम भएता पनि वर्षा भइरहकाले सतह बढ्ने बताइएको छ । त्यसैगरी सानीभेरी नदीको तह पनि बढेको छ । सानीभेरी गाउँपालिका ९ को सिम्लीमा रहेको जलमापन केन्द्रका ग्रेड रिडर वीरेन्द्र कुमार केसीका अनुसार आज बिहान सानीभेरीको सतह ३.८० मिटर रहेको छ । शनिबार २.८ मिटर रहेको नदीको तह राति बढेको उहाँले जानकारी दिनुभयो । ...
‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

ताजा अपडेट, समाचार
कास्की- सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटै प्रदेश सरकार तथा यातायात व्यवसायी महासङ्घलाई विपक्षी बनाइ दायर भएको रिटमा मंगलबार अदालतले सो आदेश गरेको गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश गरेपछि प्रदेशमा ‘राइड सेयरिङ’ले मान्यता प्राप्त गरेको र कार्यान्वयनको बाटो खुलेको छ । यसअघि प्रदेश सरकारकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । नेपाल यातायात व्यवसायी महासङ्घले देश...
सर्वोच्चको आदेशबारे अग्नि सापकोटा : ‘आ–आफ्नै ढंगले गरिएको प्रचारमा सत्यता छैन’

सर्वोच्चको आदेशबारे अग्नि सापकोटा : ‘आ–आफ्नै ढंगले गरिएको प्रचारमा सत्यता छैन’

ताजा अपडेट, समाचार
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे अहिले छलफल आवश्यक नभएको बताएका छन् । सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आइसकेपछि त्यसलाई अध्ययन गरेर मात्र छलफल गर्नुपर्ने उनको धारणा छ । उनले अनलाइनखबरसँग भने, ‘पूर्णपाठ आओस् अनि थप कुरा गरौंला अहिले मेरो भन्नु केही छैन ।’ आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुको जिज्ञासामा पनि सापकोटाले त्यही धारणा दोहोर्‍याए । आजको बैठकमा सर्वोच्चको आदेशबारे के छलफल भयो भन्ने जिज्ञासामा सापकोटाले भने, ‘कुनै पनि कुराको टिप्पणी गर्दाखेरि त्यसको पूरै अध्ययन गर्नुपर्छ । अहिले त लिखित पनि आएको छैन ।’ उनले अहिले आ–आफ्नै ढंगले प्रचार भइरहेको र ती प्रचारमा धेरै सत्यता पनि नभएको उनले प्रतिक्रिया दिए । ‘त्यो प्रचारम...
चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प

चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प

ताजा अपडेट, समाचार
दक्षिणपश्चिम चीनको युनान प्रान्तको डालीको बाई स्वायत्त प्रान्तको एर्युआन काउन्टीमा बिहीबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ः३१ बजे भूकम्प गएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु २६.२६ डिग्री उत्तर अक्षांश र १००.०३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । एर्युआन काउन्टी, डाली शहर र हेकिङ काउन्टीमा भूकम्पको धक्का महसुस गरिएको थियो ।...
स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु

स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु

ताजा अपडेट, समाचार
स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको स्विमिङ पुलमा डुबेका थिए। साथीहरूसँग पौडी खेल्न गएका निजलाई  डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।...
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको प्रशंसा गर्नुभएको हो । “नेपाली माटोलाई गौरवान्वित पार्ने प्रतिभालाई हार्दिक बधाई ! तपाईंहरूको लगन, परिश्रम र योगदानलाई सलाम !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले आफूलाई युनिभर्सल पिस फेडेरेसन, कोरियाले सन् २०१८ डिसेम्बरमा “लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड” एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त भएको थियो र उक्त राशिमा त्यति नै थप गरी अक्षयकोष स्थापना गरेर हरेक वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीका अनुसार पहिलो पटक चिकित्सक डा सन्दुक रूइत, कृषि उपकरण अन्वेषक रदी मिया र मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधन आफैँ रोकिने प्...
आजदेखि संसद्को हिउँदे अधिवेशन  प्रारम्भ

आजदेखि संसद्को हिउँदे अधिवेशन प्रारम्भ

गतिविधि, ताजा अपडेट, समाचार
आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुँदै छ  । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैप...
जिल्ला अदालत, रुपन्देहीले  रवि लामिछानेलाई १ करोड धरौटीमा  छाड्न आदेश

जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

ताजा अपडेट, समाचार
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले  १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो । सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती ...
बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

गतिविधि, ताजा अपडेट, समाचार
बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि फेरी तीन दिनका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका उपसचिव रामबहादुर हमालले दिनुभएको जानकारी अनुसार चिसो अत्यधिक बढेकोले आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो । यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको थियो । चिसोले बालबालिकाहरु फेरि प्रभावित भएको जानकारी आएकोले यस पटक नगरका सबै विद्यालय तीन दिन बन्द गरिएको उपसचिव हमालले जनाउनुभयो। यसैगरी, नेपालगन्ज उपमहानगर र खजुरा गाउँपालिकामा पनि चिसो बढेपछि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएका थिए । आइतबारबाट...