Saturday, April 18

विचार

जापानको भूकम्पमा १३ जनाको मृत्यु

जापानको भूकम्पमा १३ जनाको मृत्यु

*, मनोरन्जन, विचार
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।

उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी

विचार, समाचार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ ।  आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।” सरकारबाट पाउने अनुदान रकम नपाएको भन्दै उखु किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न निर्देशन दिनुभएको थियो । सो निर्देशनबमोजि...

डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

खेलकुद, मनोरन्जन, विचार, समाचार
 डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे । यस्तै ४४ ‍औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए । यसैगरी ५२ औं मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । इमोहले निखिल कदमको फ्रिकिक सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं झनै दबाबमा परेको थियो । ललितपुरले ए...

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

मनोरन्जन, विचार, समाचार, संस्कृति
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज

विचार, समाचार
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ  ।  समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिनुभयो । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उहाँले बताउनुभयो । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुनेछ ।  त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुनेछन् । त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।  विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी ह...

कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, एक जना घाइते

मनोरन्जन, विचार, समाचार, संस्कृति
कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।...

निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान

विचार, समाचार
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दलहरुलाई चिह्न प्रदान गरेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै दलहरुलाई चुनाव चिह्न प्रदान गरेको हो। राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ता पाएका छन्। ती दललाई २०७९ को प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको मतका आधारमा क्रम संख्या पनि निर्धारण गरेको आयोगले जनाएको छ।...

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

मनोरन्जन, विचार
सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए। बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...

काठमाडौँमा सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन

विचार, समाचार, संस्कृति
काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ । बुधवार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन् । बजार नभएको यो अवस्थामा महानगरले चालेको कदमले नेपालकै अर्थतन्त्रमा प्रभाव पर्ने कतिपय व्यापारीहरूको भनाई छ...
सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

विचार, समाचार, संस्कृति
अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१  नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा  अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको  प्रदेश ३( ०१( ००५ ख ९७०३ नम्बरको डिब्बा गाडीमा  ठक्कर  खाई दुर्घटना भएको हो । सवारी दुर्घटनामा संलग्न डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...