Tuesday, April 21

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: सांसद मनाङे

काठमाडौँ – गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू विरुद्धको मुद्दाको पूर्ण पाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने बताउनु भएको छ ।

व्यक्ति हत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उहाँलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेसँगै उहाँ सम्पर्कविहीन हुनुभएको थियो।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै उहाँले सर्वोच्चबाट फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाउनुभएको छ ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताई सक्नु भएको छ । उहाँले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

मनाङेको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *