
चिनको स्वशासित क्षेत्र नाक्छु शहरका मेयर सहितका टोलीलाइ टोखा नगरपालिकाले सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमान्डौ आएका मेयर तासी दोर्जी सहितका प्रतिनिधि मण्डललाई टोखाका नगर प्रमुख प्रकाश अधिकारीले सम्मान तथा अभिनन्दन गर्नु भएको थियो ।

कार्तिक २५ गते बिहान टोखा बजारमा स्वागतार्थ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । छिमेकी मित्र राष्ट्र चिनबाट पाल्नु भएका ६ जनाका प्रतिनिधि मण्डललाई नगर प्रमुख लगाएत जनप्रतिनिधिहरु तथा टोखाका स्थानीयबासीहरुले नेवारी संस्कृति एबं बाजागाजा सहित स्वागत गर्दै टोखा बजारको परिक्रमा समेत गराइएको थियो ।

निमन्त्रणा गरि भ्रमणमा बोलाउनु भएकोमा मेयर तासी दोर्जीले धन्यबाद ब्यक्त गर्दै आफु खुसि रहेको कुरा बताउनु भयो । साथै कोरोना संकट बेला आपसी सहायोग र सहकार्य गर्न पाएकोमा टोखाका नगर प्रमुख अधिकारीले आफु पनि धेरै खुसि रहेको कुरा समेत ब्यक्त गर्नु भयो । भगिनी सम्बन्ध भएको टोखा नगरपालिका र तिब्बत को नाक्छु नगर विच बिगतका वर्ष देखि आपसमा बिबिध सहकार्य हुदै आएको छ।

भ्रमणमा आएका टोलिलाइ मयुर नाचबाट स्वागत गरिएको थियो साथै नेवारी संस्कृतिका बिबिध नृत्यहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । सोहि अवसरमा अतिथिहरुलाइ टोखाको बिशेष स्थानीय उत्पादन चाकु समेत प्रदान गरिएको थियो ।

`
