Wednesday, April 22

जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई भव्य स्वागत

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ ।

जनकपुरबाट ट्रफीसहित शनिबार महोत्तरीको पिपरा हुदै मटिहानी प्रवेश गरेका खेलाडीहरुलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले २५ किलोको मालासहित सम्मान र स्वागत गर्नुभएको हो । खेलाडीलाई हरेक ठाउँमा स्थानीयले सडकमा फुलमालासहित स्वागत गरेका थिए ।

जनकपुर बोल्ट्सका खेलाडीहरु अनिल साह, आसिफ शेख, ललित राजवंशी, क्यानका उपाध्यक्ष महोत्तरीको जलेश्वर निवासी रोशन कुमार सिंहलगायतका खेलाडी र टिमलाई स्वागत गरिएको हो ।

जनकपुर बोल्ट्सले पहिलो संस्करणको उपाधि पाएर मधेशको नाम उच्च बनाएको वताउनुहुँदै मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले यो सम्मान र स्वागत सम्पूर्ण नेपाली खेलाडीको भएको बताउनुभयो ।

उहाँले एनपिएलको खेल हुदै गर्दा सामाजिक सञ्जालहरुमा मधेश प्रति देखिएको कमेन्टहरुले हामी जनकपुरबासीहरु नेपाली नै नरहेको आभाष दिलाएको बताउनुहुदै जनकपुरले उपाधि जितेर त्यसको जवाफ दिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *