Wednesday, April 22

नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जनालाई  प्रहरी पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भएको हाल ललितपुर महानगरपालिका-७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जितेन्द्र मण्डल रहेको छ ।

प्रहरीका अनुसार मण्डलले सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रुपैयाँ समेत चोरी गरेको थियो ।

सोही पीडितको खबर प्राप्त भएपछि घटनाको अनुसन्धानको क्रममा  मण्डललाई काठमाडौँ  उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान  र कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *