Monday, May 25

टोखामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

टोखा नगरपालिका-३ ढलमल बाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ९ जनालाई  पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *