Tuesday, April 21

विष्णुमति करिडोर ट्रयाकको निर्माण कार्य शुभारम्भ

टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका बिचमा रहेको विष्णुमति करिडोरको ट्रयाक निर्माण कार्य शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज शिलान्यास गर्दै ट्रयाकको निर्माण कार्य शुरुवात गर्नु भएको हो ।

संघीय सरकारबाट विनियोजित एक करोड रुपैयाबाट करिडोरको निर्माण कार्य हुदै छ । करिडोर ट्रयाक धन्ने ढिकुरोबाट शुरु भई बुढानिलकण्ठको स्कोन मन्दिर सम्म निर्माण हुने गरि योजना रहेको छ । टोखा नगर क्षेत्रको भागमा काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत करिडोर सडक विस्तारको काम हुदैछ साथै बुढानिलकण्ठको क्षेत्रमा सडक डिभिजन विभागबाट ट्रयाक सडक विस्तारको कार्य हुदैछ ।

शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी,टोखा नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बि सी लगायत दुवै नगरपालिकाका जनप्रतिनिधिहरु सहभागी रहेका थिए ।

करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्ने बताउदै संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर कार्य सफल पार्ने समेत मन्त्री पौडेलले बताउनु भएको छ । कार्य गर्दै जादा यसमा आवश्यक बजेट थप गर्न सघाउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

करिडोर ट्रयाक निर्माणको कार्यबाट दुवै स्थानीय तहको विकास र यातायातमा अधिक सहजता पुग्ने भएकाले यस कार्यलाइ महत्वका साथ सम्पन्न गर्न आफुहरु लागि परेको मेयर प्रकाश अधिकारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *